News देश राजनीति

ओलीको वोलीले तिल्मिलाए रावल, आफु पक्षका नेताको छुट्टै भेला

ओलीको वोलीले तिल्मिलाए रावल, आफु पक्षका नेताको छुट्टै भेला

भदौ २७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवासमा वसेको वैठकपछि उपाध्यक्ष भीम रावल तिल्मिलाएका छन् । सुदूरपश्चिम प्रदेशमा पार्टी इञ्चार्जको जिम्मेवारी कसलाई दिने भन्नेबारे ‘टुंगो लगाउन’ ओलीले नै वोलाएको बैठक अप्रत्यासित निर्णय सुनेपछि रावल विलखवन्धमा परेका छन् ।

ओलीले वोलाएको वैठक खास गरी भीम रावल र लेखराज भट्टका विचमा ‘प्रदेश इन्चार्ज’ का लागि देखिएको तनाव कम गर्नकै लागि वोलाईएको छ। रावल र भट्टमध्ये को बन्ने इन्चार्ज वन्ने भन्ने विवाद सतहमै देखाएपछि ओलीले त्यसको सहजिकरण गर्न दुवैलाई वोलाएका थिए । तर, वैठकमा भने महासचिव इश्वर पोखरेल लगायतका अन्य नेता पनि थिए ।

१० वुँदे सहमति गरेर नेकपामा मिल्न आएका रावलले एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय भएकाले आफू स्वतः इञ्चार्ज भएको बताइरहेका थिए भने भट्टले फागुन २८ पछि आफूले इञ्चार्जको जिम्मेवारी पाएको र ‘अध्यक्षले अहिले पनि इञ्चार्जको काम गर्न’ भनेको बताइरहेका थिए।

तर, आइतबारको वैठक रावलका लागि प्रत्युत्पादक सिद्ध भयो । ओलीले भट्ट नै इञ्चार्ज रहने ‘तपाईं पार्टीको उपाध्यक्ष हुनुहुन्छ, यही भूमिकामा रहेर सहजीकरण गर्नुस्। सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराजजी नै रहनुहुनेछ’ भन्दै जवाफ दिएपछि रावलले निलो अनुसार वनाए ।

१० वुँदे सहमतिको आधारमा माधवकुमार नेपाललाई छोडेर आएका उनी त्यसविपरित कार्य भएपछि छाँगावाट खसेजस्तो भएका छन् । त्यहाँवाट रुष्ट भएर फर्किएका रावल सोही दिन वोलाईएको एमाले संसदीय दलको बैठकमा समेत सहभागी भएनन्। वरु उनले आफूनिकट सांसदहरु योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, राजबहादुर बुढालगायतसँग सिंहदरबारमा छलफल गरे। 

रावलले अन्तिमसम्म पनि सहमतिलाई अक्षरशः कार्यान्वयन गरेर जाने प्रयत्न गर्नुपर्ने आफूनिकट नेताहरुलाई बताएका छन्। उसो त एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न सुदूरपश्चिममा भीम रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई जिम्मेवारी दिएको छ। तर, जिम्मेवारी पाएका नेताहरुबीचमै टकराब सुरु भएपछि फेरी समस्या सुरु भएको नेताहरु वताउँछन् । ओलीले नेपाल पक्षवाट आएका नेताहरुलाई सकेसम्म जिम्मेवारीमा नराख्ने योजना वनाएको उनीहरुको भनाई छ ।

ओलीले जिल्ला जिल्लामा पनि उनले आफु निकटका नेताहरुलाई सहमति कार्यान्वयनको नाममा आफनो भुमिका नछोड्न निर्देशन पठाएका छन् । त्यसैले कतिपय जिल्लामा पनि अहिले जेठ मा फर्किेने विषयमा असमझदारी वढेको नेताहरुको वुझाई छ। ओलीको निर्देशनकै कारण सुनसरीमा अहिले पनि झमेला यथावत रहेको उनीहरुले वताए ।

नेकपा एमाले केपी शर्मा ओली भीम रावल बालकोट वैठक

विशेष