भाउजु सांसदको एक्सनः निवर्तमान मुख्यमन्त्रीसहित ४ जना विरुद्ध जाहेरी
लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले (भाउजु सांसद) ले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मंगलवार ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी छन् ।
वलीले पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म आफूलाई दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखिएको उजुरीमा उल्लेख गरेकी छिन् । घटनामा उनले निवर्तमान मुख्यमन्त्री पोखरेल, लुम्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई तानेकी छिन् ।
पोखरेल र नेकपा एमालेले आफूलाई ‘सिध्याउन’ लागेका कारण आफूले उनीविरूद्ध उजुरी दिएको वलीले बताएकी छन् । त्यस वखत आफु मुद्दा मामिला गर्ने पक्षमा नरहे पनि राजनीतिकरुपमा सिध्याउनै खोजेपछि वाध्य भएर मुद्दा दर्ता गर्ने निर्णयमा पुगेको उनले वताईन ।
आफूले माओवादी केन्द्रमा लागेपछि छोरालाई उक्साएर अंश मुद्दा दर्ता गर्ने अवस्था समेत सृजना गरिएपछि असह्य भएको ओलीले बताइन् । रुपन्देही प्रहरीले भने उनको उजुरी जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको छ। घटनाको सुरुवात दाङवाट भएकाले उतै पठाइएको प्रहरीले जनाएको छ ।
वाईसीएल कार्यकर्ता एकराज बस्नेतसँगको ‘अप्राकृति तस्बिर’ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि वली चर्चामा छिन् । उक्त तस्विर स्वयं बस्नेतको फेसबुक स्टोरीमा सार्वजनिक भएको थियो । तस्बिरमा सांसद विमलाले बस्नेतलाई चुम्बन गरेकी छन् । विमलाको सिउँदोमा सिन्दूरसमेत रंगिएको छ । एकल महिला सांसद वलीको सिउँदो सिन्दुरले लपक्कै भरिँदा बस्नेतसँग लगन गाँठो कसेको पो हो की भनेर चर्चा चुलिएको छ । कतिपयले भने पति उत्तरकुमार जिवितै छँदा विमलाले अप्राकृतिक सम्वन्ध वनाएको त होईन ? भन्ने आशंका समेत गरेका छन् ।
यो पनि
चुम्वन तस्विरमा भाउजु सांसदको प्रतिक्रियाः माओवादीमा लागेपछि फसाउन खोजियो
कसले सार्वजनिक गर्यो भाउजु सांसदको चुम्मन तस्विर ?
लुम्बिनी प्रदेश विमला खत्री वली भाउजु सांसद शंकर पोखरेल किटानी जाहेरी शरीर बन्धक तथा अपहरण