News

प्रचण्डसँग मिलेर माधवले पार्टी कब्जा गर्न खोजेको ओलीको आरोप

प्रचण्डसँग मिलेर माधवले पार्टी कब्जा गर्न खोजेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिलेर पार्टी कब्जा गर्ने माधवकुमार नेपालको योजना असफल भएको वताएका छन् ।

पार्टीलाई देशभरीका कार्यकर्ताले नेता नेपालको उक्त योजना असफल वनेको उनको भनाई छ । पार्टी ध्वस्त र समाप्त गर्न खोज्नेहरूबाट कार्यकर्ताले असफल वनाएको बताएका हुन् । 

बुटबलमा आयोजित कार्यकर्ता भेलामा ओलीले मुलुकलाई नेतृत्व गर्ने पार्टी ध्वस्त गर्न खोजिएको बताएका हुन् । ‘यो पार्टी ध्वस्त पार्न लागिएको थियो, समाप्त पार्न लागिएको थियो, कब्जा गर्न खोजिएको थियो । केही बच्यो भने प्रतिक्रियावादीहरूको पाउमा चढाउन खोजिएको थियो। देशभरीका कार्यकर्ताहरूले पार्टी जोगाउनुभएको छ’–उनले भने।

एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिस्ट आन्दोलन सफल हुने ओलीको दाबी थियो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्वबिना नहुने उनको भनाइ थियो ।
 

केपी शर्मा ओली

विशेष