News

प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्री थपिँदै, आजै सपथ

प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्री थपिँदै, आजै सपथ

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन् । नव नियुक्त मन्त्रीहरुलाई आजै सपथ गराउने तयारी छ ।

एमाले विभाजन भएसँगै अल्पमतमा परेका आचार्यले आज २ मन्त्री र ३ राज्यमन्त्रीलाई सपथ गराउने तयारी गरेका छन् । संखुवासभाका तुलसी न्यौपाने र झापाका हिराकुमार थापा मन्त्री बन्ने भएका छन् भने सोलुखुम्बुका उत्तमकुमार बस्नेत र मोरङका ज्ञानेश्वर राजवंशीलाई राज्यमन्त्री बनाउने तयारी भएको छ।

आचार्यले बुधबार साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको लागि छलफल गरिरहेका छन् । साँझ प्रदेश प्रमुखको कार्यालयमा हुने सपथमा तीन राज्यमन्त्रीलाई पनि सपथ गराउने तयारी छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २२ असोजमा प्रदेशसभाको अधिवेशन बोलाउने र बैठकको सुरुवातमै मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय समेत गरेको छ। 
 

प्रदेश १ भीम आचार्य मन्त्रीमण्डल विस्तार

विशेष