News अपराध सुरक्षा

शिक्षक विसीको हत्या आरोपमा एक महिला पक्राउ

शिक्षक विसीको हत्या आरोपमा एक महिला पक्राउ

दैलेखको गुराँस गाउँपालिका–८ स्थित मालिका माध्यामिक विद्यालयक शिक्षक नगेन्द्रकुमार विसीको हत्यामा संलग्न भएको आरोपमा एक महिला पक्राउ परेकी छन्। 

प्रहरीले शिक्षक बिसीको हत्या आरोपपा सोही विद्यालयबाट ३० मिटर पश्चिमतिर बस्ने २५ वर्षीया सुना रानालाई पक्राउ गरेको हो । 

रानाले व्यक्तिगत रिसिइबीका कारण २८ गते राति साढे १ बजेतिर धारिलो हतियारले घाँटी रेटी शिक्षकको हत्या गरेको स्वीकार गरेकी छिन् । पक्राउ परेकी रानालाई कर्तव्य ज्यानको कसूरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

मंगलबार बिहान ७ बजेतिर उक्त विद्यालयको विज्ञान प्रयोगशाला अगाडिको बरण्डामा शिक्षक बिसीको शव फेला परेको थियो। 

विभिन्न प्राविधिक र भौतिक प्रमाणको आधारमा शिक्षक बिसीको हत्यामा रानाको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 

यो पनि

घाँटी रेटेर शिक्षकको विभत्स हत्या, विद्यालयकै वरण्डामा भेटियो शव
 

शिक्षकको हत्या

विशेष