News अपराध सुरक्षा

हँसियाले घाँटी रेटेर आफ्नै ८ महिने छोराको विभत्स हत्या

हँसियाले घाँटी रेटेर आफ्नै ८ महिने छोराको विभत्स हत्या

आफनै ८ महिने शिशुको हत्या गरेको आरोपमा प्ररहीले रुपन्देहीका एक दम्पत्तिलाई पक्राउ गरेको छ । गैडहवा गाउँपालिका– ६ का बुवा श्रीराम मल्लाह र आमा रेनु मल्लाहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जग्गाको विवादका कारण शिशुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। बसोबास गरिरहेको एक तले घरसहित ११ धुर जग्गाका कारण शिशुको हत्या भएको प्रहरीले जनाएको छ। 

यसरी भयो हत्या
हत्याको आरोपमा पक्राउ परेका श्रीरामका बुवा चौथी मल्लाह वर्षौदेखि वेपत्ता छन् भने आमा भानुमती मल्लाह परिवारसँगै छिन् । चौथी र भानुमतीका तीन छोरी र एक छोरा हुन । जेठी छोरी अकालमतीको लुम्बिनी सांस्कृतिक नगरपालिका २ मा विवाह भएको छ भने माइली छोरी लिलीको भारतमा विवाह भएको छ।

घरमा कान्छी छोरी लक्ष्मी र छोरा श्रीराम छन् । श्रीरामको रेनुसँग विवाह भयो । त्यसपछि सोही घर र जग्गाका कारण परिवारमा झगडा हुने गरेको पाईएको छ। घरमा भएकी वहिनीको विवाह भएपछि भानुमतीको नाममा रहेको उक्त घर र जग्गा आफ्नो छोरा सुरजको नाममा हुने कुरामा उनिहर ढुक्क थिए । तर, घटनाको अघिल्लो दिन आमा भानुमतीले उक्त जग्गा जेठी छोरी अकालमतीको नाममा राजीनामा पास गरिदिएपछि श्रीराम र रेनु तिल्मिलाए ।

त्यसपछि उनीहरुले सामूहिक मृत्युको योजना बनाएर घरको छतमा लगि कचियाले घाँटी रेटेर शिशुको हत्या गरेको पाईएको प्रहरीले जनाएको छ । ‘शिशुको हत्यापछि भने उनीहरुको आत्महत्या गर्ने योजना वदलिएको देखिन्छ’ प्रहरी भन्छ–‘त्यसपछि शिशुलाई पोको पारेर कोठामा ल्याएर राखे र आफ्नो छोराको हत्या भएको भन्दै हल्ला गरे ।’

अनुसन्धानमा शिशुको बुवा र आमाले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। दुवैजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद लिएर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
 

८ महिने शिशुको हत्या दम्पत्ति पक्राउ गैडहवा गाउँपालिका

विशेष