News

प्रदेश १ मा ५ जना नयाँ मन्त्री थपिए

प्रदेश १ मा ५ जना नयाँ मन्त्री थपिए

प्रदेश १ सरकारमा आज थप पाँच जना मन्त्री नियुक्त्त भएका छन् । 

मुख्यमन्त्री भीम आचार्यले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषी तथा सहकारी र संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त्त गरेका छन् ।

यसैगरी सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई समाजिक विकास राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनाइएको छ ।

भदौ ११ गते मुख्यमन्त्री आचार्यले तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, वन, पर्यटन र ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई समाजिक विकासमन्त्री नियुक्त गरेका थिए । प्रदेश १ मा अझै भौतिक पूर्वाधार मन्त्रालय मन्त्रीविहीन छ ।

विशेष