News

सुकुम्बासी समस्या समाधानका लागि निरौलाको अध्यक्षतामा आयोग गठन

सुकुम्बासी समस्या समाधानका लागि निरौलाको अध्यक्षतामा आयोग गठन

सरकारले सुकुम्बासी समस्या समाधान गर्न केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरेको हो । आयोगको उपाध्यक्षमा नहेन्द्र खड्का नियुक्त भएका छन् ।

निरौला र खड्काले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन् । 

अध्यक्ष नियुक्त भएका निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए । उनी नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन् । आयोग र अन्य पदाधिकारीका विषयमा अहिले धेरै जानकारी नभएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।

यसअघि केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा सो आयोग खारेज गरेको थियो ।
 

राष्ट्रिय भूमि आयोग

विशेष