News विदेश

तालिवानको नेतृत्व पंतिमा फुट, बरादर कावुल छोडेर कंधार पुगे

तालिवानको नेतृत्व पंतिमा फुट, बरादर कावुल छोडेर कंधार पुगे

तालिवानका सह–संस्थापक मुल्ला गनी बरादरको समूह र एक मन्त्रीबीच अन्तरिम सरकारमा विवाद भएपछि गनीले कावुल छोडेका छन् ।

समाचार स्रोतहरुका अनुसार तालिवानको नेतृत्वमा पंतिमा असहमति देखिन थालेको छ। हालैका दिनमा मुल्ला बरादर सार्वजनिकरुपमा देखिएका छैनन्। तालिवानले अघिल्लो महिना अफगानिस्तामाथी आफ्नो नियन्त्रण कायम गर्दै इस्लामिक गणतन्त्र नभइ इस्लामिक अमिरात बनाउने घोषणा गरेको थियो।

तालिवानले सात डिसेम्बरमा नयाँ मन्त्रिमण्डलको घोषणा गरेको थियो। बरादर र खलील उर–रहमानबीच असमझदारी बढेको बिबिसिले तालिवान स्रोतलाई उल्लेख गर्दै बताएको छ। उनीहरुबीच असमझदारी बढेपछि दुवै नेताका समर्थक आपसमा भिडेका थिए। 

अघिल्लो हप्ता दुई नेताबीच झगडा परेको थियो। अफगानिस्तानमा जितको श्रेय लिने भन्ने विषयमा तालिवान नेताबीच असमझदारी छ। बरादरले आफ्नो कुटनीतिक क्षमताका कारण जित सम्भव भएको दबी गर्दै आएका छन्। यता हक्कानी नेटवर्कका सदस्य र समर्थकले भने लडाईको शक्तिले जित सम्भव भएको बताउँदै आएका छन्।

बरादर अन्तरिम सरकारमा उप–प्रधानमन्त्री छन्। उनी सरकारको संरचनाप्रति सन्तुष्ट छैनन्। बरादरले यस्ता पहिलो नेता हुन् जसले सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए। उनले तालिवानको तर्फबाट दोहा सम्झौतामा अमेरिकी सैनिक फिर्ता गर्ने पत्रमा हस्ताक्षर गरेका थिए।

बरादर कावुल छोडेर कंधार पुगेको समाचार श्रोतले जनाएको छ।

तालिवान मुल्ला गनी बरादर अन्तरिम सरकार

विशेष