News

भेरी नदीमा हामफालेर महिला वेपत्ता, मोबाईल र वैंकको चेक किनारमा

भेरी नदीमा हामफालेर महिला वेपत्ता, मोबाईल र वैंकको चेक किनारमा

सुर्खेतको तिलागुफा नगरपालिका–६ कालिकोटकी एक महिला विहिवार भेरी नदीमा हामफालेर वेपत्ता भएकी छिन्।

३१ वर्षीया अमिला दमाई वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर बिहीबार दिउँसो नदीमा हाम फालेकी हुन । त्यसपछि उनी बेपत्ता छिन्। 

घटनास्थलमा छोडिएको ग्लोबल आइएमई बैंकको चेक समेत प्रहरीले फेला पारेको छ। नदीमा बेपत्ता भएकी अमिलाको खोजीमा प्रहरी जुटिरहेको छ। अमिलाले नदीमा हामफाल्नुको कारण खुलेको छैन।
 

तिलागुफा नगरपालिका भेरी नदीमा हामफालेर वेपत्ता

विशेष