News राजनीति

ओलीको टिप्पणी– ‘प्रचण्ड’ उडेको प्लेन जस्तै बिलाएर जान्छन्

ओलीको टिप्पणी– ‘प्रचण्ड’ उडेको प्लेन जस्तै बिलाएर जान्छन्

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तैगरी बिलाएर जाने टिप्पणी गरेका छन्।

बिहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माओवादी केन्द्र र एमाले एकीकरण पछिको मुल पार्टी आफूहरुकै भएको भन्दै प्रचण्डले आफ्नो गुट मात्र लगेको बताए।

विगतमा नेकपामा रहेका नेता कार्यकर्तालाई एमालेमै फर्किन पनि उनले आग्रह गरे। 

यसैगरी, अध्यक्ष ओलीले माधवकुमार नेपाल घरमा आगो लगाई खरानी घसेर तिर्थ यात्रामा हिडेको भन्दै टिप्पणी गरेका छन् । नेपालले आफ्नो व्यक्तिगत स्वार्थका कारण अरुको जिन्दगीसँग खेलवाड गरेको पनि आरोप लगाए । नेपालले व्यक्तिगत स्वार्थ र अहंकारका कारण पार्टी फुटाएको भन्दै उनले कार्यकर्ताको भविष्यसँग खेलवाड गरेको पनि बताए।  

नेता नेपालको भविष्य नभएको भन्दै उनले भविष्य भएकाहरु मुल पार्टीमै फर्किन नेता, कार्यकर्ताहरुलाई आग्रह गरे। ‘म माधव नेपाललाई भन्दिनँ। माधव नेपालले अल्मल्याएका, भ्रममा पारेका, झुक्याएका मान्छेहरु फर्किनुस् पार्टीमा। कार्यकर्ता फर्किनुस्। झुक्किएका साथीहरु फर्किनुस्, उनले भने, माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तिर्थ यात्रामा हिडेका मान्छेलाई म केही भन्दिनँ’– उनले भने। 

माधव नेपालको चाहीँ एमालेमा आवश्यकता नभएको उनले बताए। पार्टीमा भएका विगतमा नेपाल पक्षका नेताहरु तर्फ लक्षित गर्दै माधव नेपालको लोभ नगर्न पनि आग्रह गरे। 
 

केपी शर्मा ओली

विशेष