News देश राजनीति

ओली र प्रचण्डलाई दुर्गा प्रसाईको चुनौती– झापामा मसँग चुनाव लड्न आउनोस् !

ओली र प्रचण्डलाई दुर्गा प्रसाईको चुनौती– झापामा मसँग चुनाव लड्न आउनोस् !

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पूर्वप्रधानमम्त्रीहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापामा आफु विरुद्ध चुनाव लडेर देखाउन चुनौती दिएका छन् ।

क्यानडा नेपाल नामको युट्युव च्यानलले भदौ ७ गते अपलोड गरेको अन्तरवार्तामा प्रसाईले जनताको नजरमा ओली, प्रचण्ड र शेरवहादुर देउवाको तुलनामा जनताले आफुलाई पत्याउने दावी गर्दै शंका लागे आफुसँग चुनाव लड्न चुनौती दिएका हुन ।

तपाईको कलेजले त सम्वन्धन नपाउने भयो नी भन्ने प्रश्नको जवाफ दिने क्रममा प्रसाईले अव आफु नेताको पछाडि नलागेर जनताको सेवामा लाग्ने वताएका छन् । आफु जनताको मनमा वस्न सफल भएको दावी गरेका उनले अहिलेको राजनीतक नेतृत्ववाट देश र जनताले कुनै आशा गर्न नसक्ने दावी पनि गरे । ‘प्रचण्ड, ओली, वावुराम, शेरवहादुरलाई जतिले चिन्छन् त्यतिले मलाई पनि चिन्छन् । झापामा भोटिङ्ग गरौ न जनताको मनामा को छ। वहाँहरु हुनुहुन्छकी दुर्गा प्रसाई छ’ उनले भनेका छन्–‘जनताको दिलमा वस्न सक्नु पर्यो। आर्मी र प्रहरीको घेरामा। वहाँहरु एक्लै हिड्न सक्नुहुन्छ ? वहाँहरुले परिस्थिती कस्तो क्रियट गर्नु भएको छ । यो राजनीतिक नेतृत्ववाट आशा नगर्दा हुन्छ।’

अन्तरवार्ताका क्रममा प्रसाईले माआवादी नेताहरुको राजनीतिक लुछाचुडी प्रति खह्रो आलोचना गरेका छन् । कुपोषणले घिटिघिटी भएका जनताको मतवाट जितेका नेताहरुले काठमाण्डौंमा वसेर मन्त्रीका लागि हारालुछ गर्नु निर्लज्जताको पराकाष्ठा भएको उनको भनाई छ। ‘हिजो वहाँहरु रुकुम रोल्पावाट के भनेर आउनु भएको थियो । के भनेर जनयुद्ध सुरु गर्नु भएको थियो । रुकुम रोल्पाका मान्छेको तर्फवाट म वहाँहरलाई सोध्छु’ उनले भनेका छन्–‘२५ वर्षको मान्छे आज ६० वर्षको देखिन्छ, खान नपाएर। नाकको फुली र वुलकीमा सिगानका पाप्रा टाँसिएका छन् । ३०÷३५ वर्षका केटीका दाँत खुस्किएका छन्, कुपोषण भएर। त्यसता मान्छेका भोट लिएर आएर काठमाण्डौमा राजनिति गर्नु भनेको यो भन्दा निर्लज्ज, लाजमर्दो र यो भन्दा घटिया चरित्र केहि होईन । 

यस्तो हुन्छ भनेर जानेको भए नेपाल जनयुद्धनै हुँदैन्थ्यो भन्दै उनले प्रचण्ड र वावुरामले जनताको पक्षमा काम गर्न नसकेको उनले जिकिर गरे । ‘१७ हजार मान्छे मर्नु दुभ्र्याग्य। यस्तो हुन्छ भनेर जानेको भए कोहि पनि कसैले पनि जनयुद्ध गर्दैनथ्यो। गोली र वारुद वोकेर कोह िहिड्दैनथ्यो। कोही शैनिक हिरासतमा वस्दैनथे। कोही पनि मर्दैनथे । जनयुद्ध त सकियो त मुलुकमा ।’ – उनले भने । 

वावुराम भट्टराई र प्रचण्डले शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाएर जनयुद्धको औचित्य सिद्दयाको पनि उनले दावी गरे । ‘१७ हजार मान्छे मरे, जनयुद्धमा। प्रचण्डलाई आदर्श पुरुष भनेर मान्थे मँ। शेरवाहदुरले वावुराम र प्रचण्डको टाउकोको मुल्य राखेको होईन। आज वावुराम भट्टराई र प्रचण्ड सवै मिलेर त्यही शेरवहादुरलाई प्रधानमन्त्री वनाउँदैछन्’ प्रचण्डको साथ छोड्नु पर्ने कारणका विषयमा उनले भने–‘भनेपछि त्यस्तो ठाउँमा दुर्गा प्रसाई वस्छ, अलिकतित इज्जत छनी हौ हाम्रो । वरु कांग्रेसै हुनु नी यीनीहरु, किन आफनो पार्टीको नाम राख्नु ।’

प्रचण्डको पछिल्लो कृयाकलापले तत्कालिन मेची अञ्चलवाट माओवादीले एउटा वडा अध्यक्ष पनि जित्न नसक्ने उनको दावी छ। ‘पुर्वको प्रचण्डको टावर भनेको दुर्गा प्रसाई, टावर त ढल्यो नी। १७ हजार मान्छे मरे, शैनिक हिरासत वसियो। तर, भयो के त तिनै देउवालाई प्रचण्डले प्रधानमन्त्री वनाए ।’ उनले थपे ।

वर्तमान सरकारले देशका लागि सिन्को पनि नभाँच्ने उनले प्रष्ट्याए । ‘यो सरकारले गर्छ चै के ? ०४६ सालदेखि देखिएका देउवा ०७८ सालसम्म देखिएका छन्, उनीवाट के आस गर्ने । हिजो ४ पटक प्रधानमन्त्री हुँदा के गरेर यो पटक आशा गर्ने । संसद पुनर्स्थापना गरेको होईन, अहिलेसम्म के भयो ? जम्माजम्मी एउटा अध्यादेश आयो पार्टी फुटाउन । अव मन्त्री छानिन्छन्। अरु केहि हुदैन।’ उनले भने।

ओलीले अध्यादेश ल्याउँदा प्रतिगमन भयो भन्ने प्रचण्ड, नेपाल र देउवाले संसद वन्द गरेर भोलीपल्ट नै अध्यादेश ल्याएको भन्दै उनले आलोचना गरे । त्यस वेलामा ओलीले चै प्रचण्डलाई नेकपावाट हटाउनका लागि अध्यादेश ल्याएको तर प्रचण्डले नवुझेको उनले दावी गरे । उनले भने–‘प्रचण्डलाई जाउ, माधव नेपाललाई म ठिक लगाउँछु भनेर ल्याएको अध्यादेश थियो, त्यो। तर, प्रचण्डले वुझेनन त्यो कुरा।’

यो सरकार कुन वाटोवाट आयो र को आएको छ भन्ने कुराले अर्थ राख्ने प्रसाईले वताए । उनले भने–‘जसलाई ५ वर्षको लागि सरकार चलाउने म्याण्डेड नै दिएको छैन। घरमा आगो लगाउने माधव नेपालको सहयोगमा परमादेशमार्फत सरकार आयो। यसले लोकतन्त्रको धज्जी उडाएको छ।’

पछिल्लो समयमा प्रचण्ड माधव नेपाल र नारायणकाजी श्रेष्ठको वहकाउमा परेर ओलीको विरुद्धमा लागेको भन्दै प्रसाईल आलोचना गरे । अहिले प्रचण्डलाई यो कुरा मनमा लागेको पनि उनले वताए । ‘प्रचण्डले राजनीतिमा चलखेल त गरे। तर, माधव नेपाल र नारायणकाजीको घेरावन्दीवाट निस्कन सकेनन्’ उनले भने–‘चलखेलको लागि १७ हजारको ज्यान गएको हो र ? तिनीहरुको परिवारको दशा के छ ? कसैको परिवार नै समाप्त भयो। टाउकोमा गोली लागेका कतिपयको गोली मैले निशुल्क निकाल्दिएको छु ।’ 

५ वर्ष ओली अध्यक्ष हुँदा माधवको तलदेखी माथिसम्म सवै चिलाउनु पर्ने ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलाी र माधवकुमार नेपालका विचमा खाली अध्यक्ष पदका लागि मात्रै लडाई भएको प्रसाईले दावी गरे । १५ वर्षसम्म मुफतमा एमालेको महासचिव भएका नेपालले ओलीलाई ५ वर्ष अध्यक्ष चलाउन दिन नखोज्नु नै समस्याको जड भएको उनको वुझाई छ।


‘मदन भण्डारी मरिसकेपछि वहाँले मुफतमा पाएको हो, महासचिव। १५ वर्ष चलाउनु भयो। तर, केपी ओली त महाधिवेसन जितेर अध्यक्ष भएका हुन नी’ उनले भने–‘५ वर्ष ओली अध्यक्ष हुँदा माधव नेपालको सवै चिलाउनुपर्ने, तलदेखी माथि सम्म चिलाउनु पर्ने के हो यो ?’

माधव नेपालले ओलीलाई प्रतिगमन गरे भनेर आरोप लगाएकोमा पनि उनले आपत्ति जनाए । ‘ओलीले प्रतिगमन गरे अरे, केपीले के प्रतिगमन गरे ?’ उनले सोधे–‘चच्चे नक्सा जारी गर्नु प्रतिगमन हो ?’ संसद विघटन गर्नु चै प्रतिगमन होलानी त भन्ने जिज्ञासमा उनले भने–‘कार्यकारी प्रधानमन्त्रीले संसद  विघटन गर्छ। डेमोक्रेसीको राम्रो पक्ष चुनाव हो भन्ने अनि चुनावमा जान किन डराएको त। परामादेश जारी गर्नु चै राम्रो हो। आजसम्म संसारभरिमा यस्तो कहाँ भएको छ ?’

‘माधव नेपालले चाहेको एउटै मात्र कुरा हो– ओलीले अध्यक्ष छोडेर उहाँलाई अध्यक्ष दिनुपर्यो। दोस्रो अध्यक्ष दिएर भएपनि भएन’ उनले भने–‘नेपालले पार्टी फोडेर प्रचण्डलाई मुतको न्यानो त भएको छ। तर, यसले सवैभन्दा ठुलो घाटा प्रचण्डलाई नै छ।’

प्रसाईले यो देशको अवको भविष्यको नेता÷राजनेता भनेको केपी ओली नै हो भन्द ठोकुवा गरे।

दुर्गा प्रसाई केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल मेडिकल कलेज सञ्चालक

विशेष