News विदेश

तालिवान प्रकरणमा अमेरिकामा राष्ट्रपति वाईडेनको विरोध !

तालिवान प्रकरणमा अमेरिकामा राष्ट्रपति वाईडेनको विरोध !

अमेरिकी राष्ट्रपति जो वाईडेनको गलत नीतिका कारण तालिवान वलियो भएको भन्दै उनको विरोध सुरु भएको छ । अमेरिकी सेना हतार–हतार अफगानिस्तानबाट फर्किँदा तालिबानहरू बलिया भएको भन्दै उनको विरोध सुरु भएको हो ।

वाईडेनको विरोधमा अमेरिकाको पेन्सलभेनिया राज्यमा तालिवानको भेसमा वाईडेनका होडिङ बोर्ड  राख्न थालिएको छ । राजमार्ग छेउलगायत राज्यका विभिन्न दर्जन बढी ठाउँका होडिङ बोर्डमा उनको फोटोसहित ‘मेकिङ द तालिबान ग्रेट अगेन! अर्थात् तालिबानलाई फेरि महान् बनाउँदै!’ लेखिएको छ।

होडिङ बोर्डमा बाइडेनलाई तालिबानको जस्तो पहिरन लगाइएको छ भने उनले रकेट लन्चर पनि बोकेको देखाइएको छ। यसरी होडिङ बोर्ड राख्ने व्यक्ति रिपब्लिकन पार्टीका तर्फबाट राज्यको सिनेटर बनिसकेका स्कट वागनर हुन्।

फक्स न्युज च्यानललाई पठाएको इमेलमा उनले हतार–हतार अफगानिस्तानबाट अमेरिका फर्किँदा तालिबानहरू बलिया भएको उल्लेख गर्दै यसमा राष्ट्रपति बाइडेनको गलत नीति जिम्मेवार रहेको बताएका छन्। बाइडेनप्रतिको आफ्नो त्यही असन्तोषलाई सार्वजनिक रूपमा पोखेको उनले बताएका छन्।

होडिड बोर्ड तयार गर्न र त्यसलाई राख्ने स्थानको भाडा तिर्न उनले करिव १५ हजार डलर खर्च गरेका छन् । अनुमति पाए देशका अन्य स्थानमा पनि यस्ता होडिङ बोर्ड राख्ने उनको भनाई छ।

यसअघि रिपब्लिकन पार्टीबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले मेक अमेरिका ग्रेट अगेन भन्ने नारा बनाएका थिए। त्यही नारालाई वागनरले नयाँ बनाएका हुन्।
 

विशेष