News

एमालेको सहयोग विना एमसीसी पास गरेर देखाउन गठवन्धनलाई ज्ञवालीको चुनौती

एमालेको सहयोग विना एमसीसी पास गरेर देखाउन गठवन्धनलाई ज्ञवालीको चुनौती

नेकपा(एमाले)का प्रवक्ता प्रदिपकुमार ज्ञवालीले एमसीसी पास गरेर देखाउन सत्ता गठवन्धनलाई चुनौती दिएका छन् । विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरूले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्दै प्रश्न पनि गरे ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण ः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा वौल्दै ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकापनि आफुहरुको सहयोगबिना संसदबाट एमसीसी पास गरेर देखाउन चुनौती दिए। 

सम्झौता गलत थियो भने हस्ताक्षर किन गरेको र सही थियो भने संसद्बाट पास गर्न किन रोकिएको भन्दै गठवन्धनलाई प्रश्न गरे । एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उनले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफुहरुको धारणा सार्वजनिक गर्ने बताए ।

एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने उनले बताए । यसले छिमेकी राष्ट्रहरूमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको तर्क छ । ‘त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडी बढाऔँ भनेकै हो । किनभने दुई देशबीचको सम्झौताहरू भइसकेपछि सरकार आएपिच्छे फेर्दै जाने हो भनेदेखि त त्यो त कहिल्यैपनि दुई देशबीचका सम्बन्धहरु दिगो हुन सक्दैनन्’ उनले भने–‘सरकार भनेको एउटा अविछिन्न उत्तराधिकारीवाला संस्था हो ।’ 

एमसीसी प्रदिपकुमार ज्ञवाली सत्ता गठवन्धनलाई चुनौती

विशेष