News राजनीति

माधव नेपालको पार्टी कार्यालयको मासिक भाडा ३ लाख

माधव नेपालको पार्टी कार्यालयको मासिक भाडा ३ लाख

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको उद्घाटन अध्यक्ष माधवकुमार नेपालले गरेका छन् । राजधानीको बानेश्वर–आलोकनगरमा स्थापना गरिएको पार्टी कार्यालयको अध्यक्ष नेपालले शुक्रबार बिहान उद्घाटन गरेका हुन् ।

पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले पार्टी देश र जनताप्रति समर्पित हुने बताएका छन् । नेपालले कुनै पद प्राप्तिका नयाँ पार्टी नबनाएको बताए । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई चुनावसम्मै लैजाने पनि बताए । 

पार्टी कार्यालय बनाइएको घर पाँच वर्षका लागि भाडामा लिइएको छ । भाडामा लिइएको घरको मासिक भाडा तीन लाख रुपैयाँ रहेको एकीकृत समाजवादीका नेता बेदुराम भुसालले जानकारी दिए । 

एमालेबाट विभाजित भएर नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि एकीकृत समाजवादीले पार्टी कार्यालयका लागि घर खोजिरहेको थियो ।

नेकपा एकीकृत समाजवादी माधवकुमार नेपाल कार्यालय उद्घाटन

विशेष