News

मन्त्री भएको १५ दिनमै राजिनामा, सरकारमा दुई जना मात्रै

मन्त्री भएको १५ दिनमै राजिनामा, सरकारमा दुई जना मात्रै

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले नियुक्त भएको १५ दिन नपुग्दै पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेकातर्फबाट मन्त्री बनेका खनालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि वुधवार उनले मन्त्रीबाट राजीनामा दिएका छन् ।
 
बागमती प्रदेश सरकारमा अव मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र आन्तरिक मामिला तथा कानून एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।

खनालसहितका बागमती प्रदेशसभाका १२ सदस्यले निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी रोजेका थिए । 

निवर्तमान मन्त्री खनालले मुख्यमन्त्रीलाई काम गर्न सहज होस् भनेर राजीनामा बुझाएको बताए। मुख्यमन्त्री र आफ्नो दल फरक परेकाले आज बिहान राजीनामा दिएको खनालको भनाइ छ ।

पार्टी फुटको तहसम्म पुग्दा एउटै विचार समूहमा रहेका मुख्यमन्त्री अर्को समूहमा लागेपछि राजीनामा दिएको खनालले प्रतिक्रिया दिए।
 

कृष्णप्रसाद शर्मा खनाल

विशेष