प्रचण्डवारे कनकमणीको टिप्पणी– अवको चुनावमा काँग्रेससँग समझदारी नगरे जीत पक्का छैन

हिमाल खबरपत्रिकाका प्रकाशक कनकमणी दिक्षीतले आगामी चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव जित्न नसक्ने वताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले प्रचण्डवारे यस्तो धारणा ब्यक्त गरेका हुन। माओवादी केनद्रका शिर्ष नेताहरु मध्ये वर्षमान पुन र जनार्दन शर्माले आ–आफनो पकेट क्षोत्रवाट जितेपनि प्रचण्डले भने कांग्रेससँग तालमेल नगर्ने हो भने चुनाव जित्ने निश्चित नभएको वताएका छन् ।
‘मेरो लेटेस्ट बुझाईः संसदीय निर्वाचनमा माओवादी शीर्षस्थ मध्ये वर्षमान पुन र जनार्दन शर्माको आ–आफ्ना पकेट क्षेत्रबाट जित निश्चित छ’ उनले लेखेका छन्–‘पुष्पकमल दाहाल आफु कताबाट उम्मेदवार हुने ठेगान छैन, र काँग्रेससंग समझदारी नहुने हो भने जीत पनि पक्का छैन । लास्टमा समानुपातिकबाट उठ्न बेर छैन ।’
रोल्पालाई केन्द्र बनाएर हिंसात्मक सङ्घर्ष चलाएका प्रचण्ड खुला राजनीतिमा आएपछि काठमाडौंको कीर्तिपुरबाट संविधानसभाको निर्वाचन लडेर विजयी भएका थिए । दोस्रो निर्वाचन (२०७० मङ्सिर) मा कीर्तिपुर र सिराहाबाट चुनाव लड्दा उनी कीर्तिपुरमा पराजित भए पनि सिराहाबाट विजयी बनेका थिए । प्रतिनिधि सभामा निर्वाचन ०७४ मा सुरक्षित निर्वाचन क्षेत्र खोज्दै चितवन क्षेत्र नं. ३ मा पुगेका थिए ।