News अपराध सुरक्षा

संखुवासभा हत्या प्रकरणः मृतकको मोवाईलले लोकवहादुरका भाई पनि पक्राउ

संखुवासभा हत्या प्रकरणः मृतकको मोवाईलले लोकवहादुरका भाई पनि पक्राउ

संखुवासभा मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामुहिक हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले यसअघि मृतकका छिमेकी २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा शंकास्पद देखिएपछि उनका भाइ नरेशलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। उनलाई जिल्ला सदरमुकाममा ल्याइएको छ ।

सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले जानकारी दिए । मृतक मध्ये ३२ वर्षीय बुहारी रञ्जना कार्कीको हराएको मोबाइल नरेशको साथबाट वरामद भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोबाइल बरामद गरेपछि प्रहरीले नरेशलाई बिहीबारदेखि नै नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ । ‘हत्यापछि रञ्जनाको मोबाइल नरेशले कसरी पाए भन्नेबारे अनुसन्धान गर्दैछौं’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘लोकबहादुरले घरमा लगेर लुकाएको र नरेशले भेटेर चलाएको वा नरेश आफैंले लगे भन्ने खुल्न बाँकी छ ।’

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

हत्यापछि संखुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र संखुवासभाका डिएसपी लालध्वज सुवेदीसहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।

तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।

यो पनि

संखुवासभा हत्या काण्ड : लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा

संखुवासभामा ६ जनाको सामुहिक हत्या प्रकरणमा छिमेकी पक्राउ 

सामूहिक हत्या प्रकरण : अनुसन्धान प्रगतिउन्मुख

संखुवासभा ‘सामूहिक हत्या काण्ड’ जग्गा किन्न राखेको पैसाका लागि भएको अनुमान

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, कसैको शव खोल्सामा, कसैको खरवारीमा

संखुवासभा एकै परिवारका ६ जनाको हत्या उम्लिङ लोकबहादुर कार्की नरेश कार्की

विशेष