News

केपी ओली र करिश्मा मानन्धरको के हो चक्कर ?

केपी ओली र करिश्मा मानन्धरको के हो चक्कर ?

कक्षा १२ को परिक्षा दिदै गरेकी अभिनेत्री करिश्मा मानन्धरले शुक्रवार राती पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको भन्दै फेसवुकमा स्क्रिनसट सहितको स्ट्याटस लेखेपछि उनको तिव्र आलोचना भईरहेको छ । 

उलने पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले फोन गरेर आफ्नो हालखबर सोधेकोप्रति खुसी व्यक्त गरेकी छन् । राति १०ः३४ बजे फेसबुकमा पोस्ट गरिएको स्ट्याटसमा गाली खाने काम चाही स्वयम करिश्माले गरिन् । उनले राखेको स्क्रिनसर्ट हेर्दा फोन आएको नभएर करिश्माले नै गरेको देखिन्छ। यही विषयमा फेसवुक प्रयोगकर्ताहरुले कमेन्ट गर्न थालेपछि उनले त्यो फोटो हटाइसकेकी छन् । तर, फेसबुक पेजमा स्टाटस चाहीँ वाँकी छ। 

पोस्टका मुनि धेरैले कमेन्ट गरको छन् । तर, धेरैले यो स्ट्याटसमा आलोचना नै गरेको देखिन्छ। ओलीसँग भएको व्यक्तिगत कुराबारे हतारहतार फेसबुकमा शेयर गरेकोमा जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ कमेन्टमा लेखेका छन्, ‘कठै ! तपाईंको स्तर बल्ल थाहा भो ! तपाईंंलाई कसरी त्यति ठूलो नेतृ मानेर हिँडिएछ । अहिले यो कुरा सुनेर चैं म आफैँ तीन छक परेँ । 

विदुर गिरी नामका प्रयोगकर्ताले ‘भट्टराई हुन की ओली, चाँडै पग्लिनु ठिक हुन्न की!’ भन्दै लेखेका छन् भने अनिस तामाङले ‘तपाईंको क्षमता मिल्ने नेता ओली, स्वभाव मिल्ने पार्टी एमाले । न पोथी न भाले(एमाले) । हास्य कलाकारले हिरोईनलाई कल गरेको ठिकै हो ।’ भन्दै कमेन्ट गरेका छन् ।

देभ भुजेलले ‘चुनाब नजिक आउदै छ, ओली बाले अब जस–जसको नम्बर फेला पार्नुहुन्छ कल गर्नुहुन्छ। प्रम हुँदा नसम्झिने सत्ता बाहिर भौतारिदै गर्दा कल गर्नु कुनै अनौठो बिषय नहोला। सायद केन्द्रीय सदस्यको अफर पो गर्नु भयो कि?’ भन्दै लेखेका छन् भने रेशम क्षेत्री नाममा प्रयोगकर्ताले भने असभ्य रुपमा ओलीको आलोचना गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जोडेर उनले लेखेका छन्–‘विद्यासँग ब्रेकअप भएसङै करिस्मासँग लसपस गर्दै केपी भन्छन, खुट्टा भए जुत्ता छानीछानी पाइछ भन्या तेसै हैन।’

http://

करिश्मा मानन्धर केपी शर्मा ओली

विशेष