ओली भन्छन्– माधव नेपाल जब्बर छन्, रुँदा पनि सिरह ओढेर रुन्छन्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल ‘सिरकभित्र पसेर रुने’ अवस्थामा पुगेको भन्दै खिसिटिउरी गरेका छन् ।
शनिबार अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई जब्बर मान्छे भन्दै उनले कहिलै पनि आफनो पीडा अरुलाई नदेखाएको वताए । १ भदौमा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि भने उनी सिरक ओढेर रुने अवस्थामा पुगेको उनले वताए ।
‘माधव नेपाल जब्बर छन्, मान्छे। ती रुन प¥यो भने पनि घरमा गएर सिरक ओढेर रुन्छन्’ उनले भने–‘रुनु त रुनै प¥या छ, अरू बाटो छैन, रुन्छन् नै। तर, घरमा पुगेर ढोका थुनेर रुन्छन्।’ पार्टी फुटाएर नेता नेपाल खाल्डोमा खसेको उनले वताए । “यस्तो खाल्डोमा खसेका छन्, त्यसबाट निस्कनै सक्दैनन्’– ओलीले भने।
उनले नेपाली कांग्रेसको पछि लागेर कम्युनिष्ट आन्दोनलाई धोका दिएको ओलीको आरोप थियो। “कांग्रेसका पछि लागेर यस पटक वामपन्थी भन्ने सबैको पतन भयो,” ओलीले भने, “माधव नेपाल कम्युनिष्ट होइनन्, प्रतिगामी हुन्।”
कम्युनिष्ट सरकार ढाल्ने, कम्युनिष्ट सरकार विरुद्ध भोट क्रस गर्ने, कम्युनिष्ट सरकार ढाल्न राष्ट्रपति र अदालत जाने काम गरेको उनको भनाइ थियो।
केपी शर्मा ओली माधवकुमार नेपाल