News अपराध सुरक्षा

भाउजु सांसदले निवर्तमान मुख्यमन्त्री पोखरेलविरुद्ध दिएको उजुरी प्रहरीवाटै वेपत्ता

भाउजु सांसदले निवर्तमान मुख्यमन्त्री पोखरेलविरुद्ध दिएको उजुरी प्रहरीवाटै वेपत्ता

लुम्बिनी प्रदेश सांसद विमला खत्री वली (भाउजु सांसद) ले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जना विरुद्ध दिएको जाहेरी प्रहरीले नै वेपत्ता वनाएको छ।

वलीले निवर्तमान मुख्यमन्त्री पोखरेल, लुम्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावत विरुद्ध २८ भदौमा इलाका प्रहरी कार्यालय बुटवलमा ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी थिईन।

इलाका प्रहरी कार्यालय बुटवलले मुलुकी अपराध संहिता अनुसार घटनाको सुरुवात भएको जिल्लामा मुद्दा दर्ता गर्नु पर्ने सुझाव दिँदै जाहेरी दाङ पठाएको बताएको थियो। डिएसपी मदन कुँवरले जाहेरी दर्ताका लागि दाङ पठाएको बताएका थिए। तर, उजुरी अहिलेसम्म पनि दाङ पुगेको छैन। जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले रुपन्देहीबाट कुनै पनि खाले मुद्दा नआएको बताएका छन्।

वुटवलमा दिएको जाहेरी वुटवलले दाङ पठाउनु र ५ दिन वितिसक्दा पनि दाङ नपुग्नुले दवावमा परेर प्रहरीले नै उजुरी वेपत्ता पारेको आशंका गरिएको छ । 

नेकपाबाट निर्वाचन जितेकी खत्रीले सर्वोच्चको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि माओवादी रोजेकी थिइन्। त्यस पश्चात् गत १५ साउन देखि ५ दिनसम्म मुख्यमन्त्री रहँदा शंकर पोखरेलले एमाले प्रमुख सचेतक ढकाल, पोखरेलको सचिवालयका गौतम र एमाले दाङका नेता रावतको सहयोगमा अपहरण गरी शरीर बन्धक बनाएको आरोप लगाएकी छिन् ।

पोखरेल र नेकपा एमालेले आफूलाई ‘सिद्याउन’ लागेका कारण आफूले उनीविरूद्ध उजुरी दिएको वलीले बताएकी छन् । त्यस वखत आफु मुद्दा मामिला गर्ने पक्षमा नरहे पनि राजनीतिकरुपमा सिद्याउनै खोजेपछि वाध्य भएर मुद्दा दर्ता गर्ने निर्णयमा पुगेको उनले वताईन ।

आफूले माओवादी केन्द्रमा लागेपछि छोरालाई उक्साएर अंश मुद्दा दर्ता गर्ने अवस्था समेत सृजना गरिएपछि असह्य भएको ओलीले बताइन् । 

वाईसीएल कार्यकर्ता एकराज बस्नेतसँगको ‘अप्राकृति तस्बिर’ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि वली चर्चामा छिन् । उक्त तस्विर स्वयं बस्नेतको फेसबुक स्टोरीमा सार्वजनिक भएको थियो । तस्बिरमा सांसद विमलाले बस्नेतलाई चुम्बन गरेकी छन्  ।

वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने मुलुकी अपराध संहिता २०७४ ले व्यवस्था गरेको छ। 

यो पनि

भाउजु सांसदको एक्सनः निवर्तमान मुख्यमन्त्रीसहित ४ जना विरुद्ध जाहेरी

चुम्वन तस्विरमा भाउजु सांसदको प्रतिक्रियाः माओवादीमा लागेपछि फसाउन खोजियो

कसले सार्वजनिक गर्यो भाउजु सांसदको चुम्मन तस्विर ?

विमला खत्री वली भाउजु सांसद शंकर पोखरेल शरीर बन्धक तथा अपहरण

विशेष