News स्वास्थ्य

चिकित्सक नभएको नोवेललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स दिलाउने ज्ञवालीलाई हटाईयो

चिकित्सक नभएको नोवेललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स दिलाउने ज्ञवालीलाई हटाईयो

मोरङ्गको विराटनगर–५, कञ्चनवारी स्थित नोवेल शिक्षण अस्पताललाई मापदण्ड विपरित मिर्गौला प्रत्यारोपणका लागि लाइसेन्स दिलाउन भुमिका खेलेका भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर प्रेम ज्ञवाली हटाइएका छन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार २९ भदौमा कार्यकारी निर्देशक ज्ञवालीलाई हटाउने निर्णय जानकारी गराईएको छ । त्योभन्दा ४ दिन पहिला नै मन्त्रालयले गठन आदेश संशोधन गरेको मन्त्रालय स्रोतको दावी छ ।

ज्ञवाली कानून मिचेर राजनीतिक शक्तिको आडमा दुई वर्षअघि कार्यकारी निर्देशक नियुक्त भएका थिए । केन्द्रको ऐनमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्वास्थ्यकर्मीलाई मात्रै कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था थियो । सरकारले त्यसलाई उल्टाएर शिक्षा मन्त्रालय अन्तर्गतको त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक ज्ञवाली नियुक्त गरिएका थिए ।

देउवा सरकारले गठन आदेश संशोधन गरी पुरानै संरचनामा लगेर ज्ञवालीलाई त्रिवि शिक्षण अस्पतालमै फिर्ता गराउनेगरी निर्णय गरेको स्रोतको दावी छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको केन्द्रमा शिक्षाको कर्मचारी ल्याउन नहुने भन्दै चर्को विरोध भएको थियो । त्यही विरोधका आधारमा अहिले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गठन आदेश संशोधन गरी पुरानै कायम गरेका हुन् ।

यसैगरी, ज्ञवालीको पालामा केन्द्रमा आउने विरामीमध्ये अघिल्ला वर्षहरुमा भन्दा बढीको निधन भएको र उनीहरुको मिर्गौला प्रत्यारोपणमा समस्या देखिएको आरोप पनि लाग्दै आएको थियो । डा. ज्ञवालीले सरकारी अस्पताल केन्द्रमा भन्दा बढी समय ग्राण्डी अस्पतालमा लगानी गरेको र सरकारी कामको समयमा पनि निजी अस्पताल जाने गरेको आरोप लागेको थियो ।

केन्द्रको कार्यकारी निर्देशक पदमा रहेकै बेलामा पनि डा. ज्ञवाली ग्राण्डी अस्पतालमा प्रत्यारोपण विभागको प्रमुख थिए । सरकारी अस्पताललाई विरामी संकलन केन्द्र बनाएको भन्दै चर्को विरोध हुँदा पनि ज्ञवालीले ग्राण्डीमा जान छोडेका थिएनन् ।

यसैगरी, ज्ञवालीको टोलीले मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक नै नभएको विराटनगरको नोबेल मेडिकल कलेजलाई प्रत्यारोपणको लाइसेन्स दिएको आरोप पनि लागेको  छ ।

स्रोतका अनुसार नोवेलमा मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने नियमित चिकित्सक÷डाक्टर छैनन् । तर, पनि पनि राजनीतिक र आर्थिक पहुँचको भरमा उनको नोवेल मेडिकल कलेजलाई मिर्गौला प्रत्यारोपणका लागि लाइन्सेन्स दिएको स्रोतको दावी छ।  

यो पनि

डाक्टरनै नभएको नोवेल अस्पताललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स !

नोवेल शिक्षण अस्पताल मेडिकल माफिया मिर्गौला प्रत्यारोपण प्रेम ज्ञवाली

विशेष