News स्वास्थ्य

सरकारलाई दुर्गा प्रसाईको चुनौती– सामर्थ्य भए मेरो अस्पताल वन्द गरेर देखाउ

सरकारलाई दुर्गा प्रसाईको चुनौती– सामर्थ्य भए मेरो अस्पताल वन्द गरेर देखाउ

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले सरकारको सम्वन्धन विना नै कलेज सञ्चालन गरेर देखाउने चुनौती दिएका छन् । आफनो मेडिकल कजेजलाई सम्वन्धन नदिएर आफुलाई कुनै घाटा नहुने भन्दै उनले सामर्थ्य भएर कलेज र अस्पताल वन्द गरेर देखाउन चुनौती समेत दिए ।

‘यो सरकारको दम छैन। संविधानले देशमा उद्योगधन्दा कलकारखाना खोल्न दिने भन्ने अनि मेडिकल कलेज वन्द गर भन्दा कसरी वन्द हुन्छ’ उनले चुनौती दिदै भने–‘यो हस्पिटल वन्द हुन्छ जस्तो लाग्छ ? सक्छ आएर गर्न सक्छ ? सरकारले सक्छ ?’

क्यानडा नेपाल नामको युट्युव च्यानलले भदौ ७ गते अपलोड गरेको भिडियो अन्तरवार्तामा प्रसाईले यसरी सरकारलाई ठाडो चुनौती दिएका हुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रसाईको कलेजलाई सम्वन्धन दिने प्रयास गरेको तर, डा. गोविन्द केसीको आमरण अनसनका कारण रोकिएको विषयमा ‘अव त दुर्गा प्रसाईलाई पनि गाह्रो भएको छ। कलेजले सम्वन्धन पाएन भन्छन् नी’ भन्ने प्रश्नमा उनले भने– ‘म सम्वन्धन नै लिदिन। सम्वन्धन नलिदा के घाटा ? सम्वन्धन पाउँदा गरिवका १० प्रतिशत छोराछोरीले निशुल्क पढ्न पाउँथे । हस्पिटलमा ३ प्रतिशत निशुल्क गर्नु पथ्र्यो । अव त्यो जनताले पाउँदैनन्।’

आफुले कलेजको सम्वन्धनका लागि सवैको घर–घरमा पुगेर आग्रह गरेको वताएका उनले अव कसैकोमा नजाने घोषणा गरे । ‘वरु मेरो सिरीखुरी सकियोस तर, प्रचण्डको घरमा सम्वन्धनका लागि भन्न जाँदीन’– उनले भने–‘म पनि आठराईको पानी खाएको कुमाईको छोरो हो। म अव प्रचण्डको द्वारमा जाादीन। मेरा हजुरवाउ केपी ओलीलाई पनि मैले भन्दिसके। अव मलाई सम्वन्धन चाँहिदैन। अव सवै जना खुसी हुँदा हुन्छ। गोविन्द केसी पनि खुसी हुँदा हुन्छ।’

आफुलाई अहिले सम्वन्धन नै नचाहिएको भन्दै उनले सवैलाई क्लियर हुन चुनौती दिए । ‘मलाई अहिले सम्वन्धन चाहिँदैन क्लियर हुँदा हुन्छ। शेरवहादुर देउवा र प्रचण्ड पनि क्लियर हुँदा हुन्छ। गोविन्द केसी क्लियर हुँदा हुन्छ। ओम अर्याल भन्ने वोकिल छ एउटा, त्यो क्लियर हुँदा हुन्छ। श्रीकृष्ण गिरी भन्ने घुस्याहा छ एउटा, घुस वोकेर लगेर नारायणकाजीलाई वुझाउने। त्यसले वुझदा हुन्छ। म सम्वन्धन लिन जान्न ।’

डा. गोविन्द केसी जस्ता वुख्याँचाले चलाएको देशमा केही गरौं भनेर सोच राख्नेहरुको भविष्य नरहेको भन्दै उनले आक्रोश ब्यक्ति गरे । ‘गोविन्द केसीले चलाएको देशको जनता भएर वसिएको छ की, त्यही चै समस्या छ’ उनले भने–‘शेरवहादुर देउवाले केसीसँग ५ वुँदे सहमति गरिसके। अव यहाँका कलेज वन्द गराउने र विद्यार्थी वाहिर पठाउने योजना हो ।’

गरिव देशमा गोविन्द केसीजस्ता वुख्याँचा उभ्याउने, अनसन राख्ने, खाएर अनसन वस्ने, पत्रकारहरु ह्वार्र... जाने, गोविन्द केसीलाई भगवान भन्ने, अनि पढ्ने वातावरण खल्वल्याउने योजनाअनुसार यो सवै भईरहेको उनलको दावी छ। यहाँका मेडिकल कलेज, नसिङ्गक कलेज वन्द गराउने अनि विद्यार्थी जती जम्मै वाहिर पठाउने योजना रहेको उनले वताए ।

‘१३७ वटा नर्सिङ्ग कलेज वन्द गराए । यहाँका विद्यार्थी सवै वाहिर पठाउँछन् । १२ कक्षामाथिका सवै वाहिर पढ्न जाने, नसिंङ्ग वाहिर पढ्न जाने भएपछि के हुन्छ ?’– उनले प्रश्न गरे । 
 
शेरवहादुुर देउवा केही नवुझेको र सल्लाहकारले जे जे भन्दैछन् त्यसै गर्दै हिडेको पनि उनले आरोप लगाए । ‘वैतडीमा जन्मेको शेरवहादुर देउवा। कसो–कसो गरेर राजनीतिमा आए, राणाको छोरीसँग विवाह गरेर वसे। वहाँले केही पनि वुझेको छैन’ उनले थपे–‘त्यसैले गोविन्द केसीसँग एग्रिमण्ट गर्नु भो। केपीले किन गरेनन् । किनकी ओलीले वुझेको छ।’

बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले प्रसाईले २०७६ पुषमा प्रत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीमाथि २० करोड घुस मागेको आरोप लगाएका थिए । बी एण्ड सीलाई सम्बन्धन दिन यति ठूलो रकम मागेको उनको दाबी थियो।
उनकाअनुसार मंसिर १५ मा द्धारिका होटलमा उपाध्यक्ष गिरीलाई भेटेका थिए । आफुले तेत्रो पैसा दिन नसक्ने वताएपछि ‘मेरो सम्धी हुनुहुन्छ झापामा, उहाँको नाममा १० प्रतिशत शेयर पास गरिदिनुस’ भनेको प्रसाईंले सुनाएका थिए ।

प्रसाईले डा. गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी समेत दिएका छन् ।

यो पनि

दुर्गा प्रसाईको दावी– ओलीले भनेका मात्रै हुन, एमसीसी पास गर्ने नियत थिएन

ओली र प्रचण्डलाई दुर्गा प्रसाईको चुनौती– झापामा मसँग चुनाव लड्न आउनोस् !

केपी शर्मा ओली दुर्गा प्रसाई गोविन्द केसी बी एण्ड सी मेडिकल कलेज श्रीकृष्ण गिरी

विशेष