News देश

मन्दिरमा वृक्षारोपण गर्दै हिड्न थालिन हिमानी, वातावरणप्रति चासो

मन्दिरमा वृक्षारोपण गर्दै हिड्न थालिन हिमानी, वातावरणप्रति चासो

पूर्व युवराज्ञी हिमानी शाह पर्यावरण र वातावरण संरक्षणमा अग्रसर देखिएकी छिन् । उनी नेतृत्वको हिमानी कोष मार्फत वातावरण संरक्षणका लागि वृक्षारोपण सुरु गरिएको छ ।

शाहले शनिवार काठमाडौँको काभ्रेस्थली–२ स्थित तारकेश्वरको शान्तिधाम मन्दिरमा वृक्षारोपण गरिन । उनले मन्दिर प्राङ्गणमा अशोका र अम्बाको बोट रोपेको कोषका स्वयमंसेवी दामोदर न्यौपानेले बताए।

मन्दिरभन्दा केही तलको चौरमा मन्दिर र स्थानीयको पहलमा थप विरुवा रोपिने उनले वताए । हिमानी कोषको पहल र मन्दिरको संयोजनमा मन्दिर प्राङ्गणमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।

‘हरियो वन नेपालको धन,’ भन्दै उनले मन्दिर प्राङ्गणमा फलफूलको विरुवा वातावरण संरक्षणमा सहयोग पुग्ने र सबैले खान पनि पाउने भएकाले सबै मन्दिरमा फलफूलको विरुवा रोप्ने आफुहरुको योजना रहेको उनले जानकारी दिईन।

मुलुकमा लोकतन्त्र आएपछि पूर्वराजपरिवार नागार्जुन दरवारमा सरेको छ। पूर्व राजा रानी ज्ञानेनद्र र कोमल कहिलेकाही देशका विभिन्न मठमन्दिरमा घुम्ने गरेका छन् भने पूर्वयुवराज पारस परिवारभन्दा वाहिर आफनै हिसावमा जिवन निर्वाह गरिरहेकी छिन् । पूर्वयुवराज्ञी हिमानी भने कोष मार्फत सामाजिक काममा देखिने गरेकी छिन् ।
 

हिमानी शाह हिमानी कोष

विशेष