News

ओलीको टिप्पणी – कस्तो कस्तोको घाँटीमा झुन्डिने भइयो, पदकले सरम मानेका छन्

ओलीको टिप्पणी – कस्तो कस्तोको घाँटीमा झुन्डिने भइयो, पदकले सरम मानेका छन्

संविधान दिवस २०७८ को अवसरमा सरकारले प्रदान गरेको पदक केही सञ्चारकर्मीहरूले अस्वीकार गरेका छन्। नेपाल समय डटकमका प्रधानसम्पादक नारायण अमृत, नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटक, इकागज डटकममा प्रधानसम्पादक हरिबहादुर थापा र कार्टुनिस्ट रविन सायमी रहेका छन्।

संविधान दिवसमा बिस्कुन बनाइने मानपदवी, विभूषण र अलंकार वितरणको अपारदर्शी प्रक्रियाप्रति आफू सधैँ अहसमत भएको नारायण अमृतले बताएका छन्। ‘यसपटकको लाममा मेरो पनि नाम देखेँ। विनाखबर, विनाप्रक्रिया र विनामापदण्ड वितरण गरिने यस्ता पुरस्कारमा दलीय भागबन्डाको स्पष्ट दर्पण देखिन्छ। कसैलाई लागेर ‘फलानाको नाम पनि यो शीर्षकमा राख्दिम् न’ भनेर हचुवाको भरमा नाम समाविष्ट गरिने प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यनसमेत गर्छ भन्ने मर्म कहिले बुझिएला ? त्यसैले, त्यो लामबाट मेरो नाम झिकियोस्,’ उनले भनेका छन्।

अन्यले पनि पदक वितरण मापदण्ड विपरित भएको जनाउँदै अस्विकार गरेका छन् । मानपदकका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै खरो आलोचना गरेका छन् ।

७० दिनमा सरकारले पूर्णता पाउन सकेको छैन कति हाइसञ्चो हेर्नुस त । चिन्ता के मा छ ? यो संविधान दिवसलाई जनताले आफनो संविधान दिवस मान्नुपर्ने, यतिवेला पराक्रमि सन्तानले सम्मानित हुन पाउनु पर्ने, सम्मनित भएकोमा अनुभूति गर्नुपर्ने, गर्व गर्न पाउनुपर्ने । बा लाई सम्मान, श्रीमतिलाई सम्मान । अघिल्लो पटकको पनि म सम्झन चाहान्छु – एउटाको सुपुत्रलाई सम्मान, अर्काेको सुपुत्रलाई सम्मान, सुपुत्रीलाई सम्मान, अर्काेको महान समाजसेवी छोरा, महान समाजसेवी छोरी ।

उनले भनेका छन्– कस्तो विडम्वना यस देशको । कस्तो भोका जुकाहरु पुगेका छन् शासनमा ? लाज लाग्छ संविधान दिवसका दिन बोल्दा । संविधान दिवसका दिन संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा, यो सफलता पाएकोमा, सहीदका सन्तानले गर्व गर्न पाउनुपर्ने, सहिदका आमावावुले सम्मान पाउनुपर्ने । घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने ।

आज वाउको मुख हेर्ने दिन हो ? श्रीमतिको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? कस्तो लालसा, कस्तो भोक, कस्तो आकाक्षा ? कस्तो अतृप्ती ? बाहिर निस्केर भाषण गर्ने हो भने केही चाहिएको छैन, म अरु जस्तो पदलोलुप होइन, नातावादी–कृपावादी छैन । म जनताका लागि । वाहिर गफ गर्न जति पनि सक्ने, तर ब्यवहारमा मौका पाउँदा हेर्नुस त ?

अलंकार÷ पदक÷ विभुषणहरुको नाकमा कालो पोतेको । ति विभुषणहरुले लज्जा मानेको हेर्नस् त ? लजाईरहेका छन् आज ति मानपदवीहरु । क्या क्या घाटीमा पुगिने भइयो होला (हास्दै) कस्तो कस्तोको घाँटीमा झुन्डिने भइयो । सरम मानेका छन् । वोल्न सक्ने भएका भए उफिन्थे ति । तर बोल्न सक्दैनन । लज्जाजनक छ स्थिती ।

विशेष