News विदेश मुख्य समाचार

पाकिस्तानको मर्दनमा छापा हान्दा लागुऔषध, हतियार बरामद

पाकिस्तानको मर्दनमा छापा हान्दा लागुऔषध, हतियार बरामद

मर्दन। पाकिस्तानको मर्दन जिल्ला प्रहरीले विभिन्न क्षेत्रमा छापा हान्ने क्रममा लागुऔषध र हतियार बरामद गर्नुका साथै हत्या अभियोगमा फरार रहेका छ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण टोलीका अनुसार मर्दनमा लागुऔषध तस्करी बढेको भन्ने सूचना पाएपछि प्रहरीसहितको टोलीले छापा हानेको हो। 

छापा हान्नेक्रममा लागुऔषध र हतियारसहित मुहम्मद तासिर खान, जुबैर खान, जलाल इकबाललाई पक्राउ गरेको हो। उनीहरुको साथबाट दुईवटा कालाकोभ्स, ६ वटा पेस्तोल र बुलेटहरु पनि फेला पारिएको थियो।

यसबाहेक प्रहरीसहितको उक्त टोलीले लाल फराज, सुदाई र आमिर खानलाई पनि गिरफ्तार गरी उनीहरुबाट तीन किलो किलो चरस, ३०० ग्राम हेरोइन र ४० ग्राम बर्फ बरामद गरेको छ।

छापामा पक्राउ परेका सबै ६ जनाविरुद्ध प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ।  यसबाहेक पुलिसले नूर जमानलाई पनि गिरफ्तार गरेको हो। उनी दोहोरो हत्या मुद्दामा फरार भएका थिए। नूर जमान र शेरबहादुर दोहोरो हत्या मुद्दामा मुछिएका थिए। जसमा उनीहरुले माल्तुन सहरमा अब्दुल्लाह र एक शेख महिलाको हत्या गरेका थिए।

रिपोर्टमा भनिएको छ कि जिल्ला प्रहरीले मस्जिद र अन्य सार्वजनिक स्थानहरुमा गएर ड्रग्सलाई नियन्त्रण गर्ने अभियान चलाएको छ।

विशेष