News

प्रदेश १ का मुख्यमन्त्री आचार्यले संसद फेस गर्ने, राजिनामा नदिने

प्रदेश १ का मुख्यमन्त्री आचार्यले संसद फेस गर्ने, राजिनामा नदिने

नेकपा एमालेका १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेपछि प्रदेश १ का मुख्यमन्त्री भिम आचार्य अल्पमतमा परेका छन् । तर, अल्पमतमा परेपनि पदबाट राजीनामा नदिने उनले बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) मा गएका राजेन्द्र राई लगायतका सांसद्ले मुख्यमन्त्री आचार्यको राजीनामा मागिरहेका छन् । यसअघि एमालेमा माधवकुमार नेपालको गुटमा हुँदा उनी तेस्रो धारमा थिए।

तेस्रो धार ओली पक्षमा समाहित भएसँगै उनी पनि त्यहीँ गए। यसपछि भदौ १० गते प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले आफ्ना पदबाट राजीनामा दिएर आचार्य मुख्यमन्त्री वनेका छन् ।

‘म संविधानअनुसार मुख्यमन्त्री भएको हुँ। त्यसैले संवैधानिक प्रावधान अनुसार चल्छु’, आचार्यले भने, ‘संविधानमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। जसअनुसार म विश्वासको मत फेस गर्छु, राजीनामा दिन्न।’

आफु काम गर्ने मान्छे भएकाले काम चाहने साथीहरूले आफुलाई भोट दिने उनले विश्वास गरेका छन् । संसद्ले गरेको निर्णय आफूलाई स्वीकार्य हुने र संसद नै फेस गर्ने उनले वताए । 

एकीकृत समाजवादीमा सनाखत गर्न गएका १० सांसद्का बारेमा जानकारी नभएको प्रतिक्रिया दिए। 

भिम आचार्य

विशेष