News

एमालेका मेयरलाई मुक्का वजार्ने युवक अनेरास्ववियुका जिल्ला सदस्य

एमालेका मेयरलाई मुक्का वजार्ने युवक अनेरास्ववियुका जिल्ला सदस्य

पहिरोले गरेको क्षती र त्यसमाथि स्थानीय तहको वेवास्ताले आगो भएका एक युवकले सोमवार बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का हाने । बुटवल–३ ज्योतिनगरमा गएको पहिरोको निरिक्षण गर्न पुगेका वेला सुवेदीमाथि मुक्का वज्रियो । यो घट्ना सार्वजनिक हुनासाथ युवकलाई कसैले स्यावासी दिए भने कसैले उनको आलोचना गर्न पनि भ्याए ।

स्थानीय तहका जनप्रतिनिधिको अहिलेसम्मको हर्कतले वाक्क भएका धेरैले भने मुक्का प्रहार गर्ने युवकलाई हिम्मतिलो भन्दै स्यावासी नै दिए । उनको यो कदमपछि ति युवक धेरैको खोजीमा परे । खोजतलास गर्ने क्रममा उनी बुटवल–३ ज्योतिनगरकै वासिन्दा भएको पत्ता लाग्यो । उनको नाम गणेश पंगनी हो ।

एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई मुक्का हान्ने उनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् ।

पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर मुक्का हानेको उनले वताएका छन् ।

मेयर सुवेदी, उपमेयर गोमादेवी आचार्य, डिएसपी मदन कुँवरसहितको नेपाल प्रहरी र नगर प्रहरीको टोलीको सुरक्षा भित्र रहेका वेला पंगेनीले आक्रमण गरेका थिए ।

खुट्टामा बुट लगाएर पहिरो निरीक्षण गर्न पुगेका मेयर सुवेदीलाई ज्योतिनगर पुग्ना साथ पहिरो पीडितले यस अघिको पहिरोले नाली बन्द भएको र दुई हप्तासम्म नाली सफा नभएको भन्दै गुनासो गरेका थिए।

पहिरो पीडितका कुरा सुन्दै अघि बढ्ने क्रममा दायाँ साइडबाट दौडिएर आएका पंगेनीले मेयरको मुखमा मुक्का प्रहार गरे। त्यही क्रममा उनी लडे। मेयरलाई बायाँ साइडबाट नगर प्रहरीले अघि बढाए। तर, लडेका युवकलाई भने डिएसपी कुँवरले नै वचाएका थिए। 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी कुँवरले घटना ठुलो नभएको र आक्रमणको प्रयास मात्र भएको बताए। 

यो पनि

फोटो सेसन गर्न थालेपछि पहिरो पीडितद्वारा मेयरलाई मुक्का

बुटवल उपमहानगरपालिका हातपात शिवराज सुवेदी पहिरो पीडित

विशेष