News अपराध सुरक्षा

करिश्मा र केपी ओलीको सम्वादमा राष्ट्रपतिलाई तथानाम ?

करिश्मा र केपी ओलीको सम्वादमा राष्ट्रपतिलाई तथानाम ?

सामाजिक सञ्जालको दुरुपयोगले मुलुकमा लैंगिक हिंसा वढिरहेको छ। खास गरी विद्युतीय उपकरणहरु कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इण्टरनेट फ्रड, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोगलगायतकका घट्ना नेपालमा अत्याधिक वढेका छन् ।

फितलो कानुनी ब्यवस्था र सामाजिक संजालको अनुगमन गर्ने निकाय नहुँदा महिलाहरुको इज्जत दाउमा लाग्न थालेको छ। सामान्य नागरिक मात्र होईन, मुलुकको राष्ट्रप्रमुख समेतलाई मुछेर ब्यक्तिगत चरित्र हत्या गर्दा समेत सम्वन्धित निकाय भने कानमा तेल हाले झै वसेका छन् । 

करिव १ महिना अघि मात्रै प्र्याकका नाममा राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गर्दै युट्युवमा भिडियो अपलोड गरियो । समिर भट्टराई नाम गरेका किशोरले अपलोड गरेको उक्त भिडियोमा राष्ट्रपति भण्डारीमाथि अश्लील मजाक गरिएको छ ।

यति मात्र होईन, पछिल्लो पटक नायिका करिश्मा मानन्धर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोन सम्वादका विषयमा पनि अनावश्यक रुपमा राष्ट्रपतिलाई मुछ्ने काम गरिएको छ । करिश्माले फेसवुक पेजमा पुर्वप्रधानमन्त्री ओलीले आफुलाई फोन गरेको र कुराकानीका क्रममा अभिभावसँग गफ गरेर जस्तै लागेको आसय ब्यक्त गरेकी छिन् ।

यही कुरामा जोडेर कतिपयले राष्ट्रपति भण्डारी र ओलीको चरित्र हत्या गर्ने काम गरेका छन् । करिश्माको पोष्टमा रमेश क्षेत्री नामका फेसफुक युजरले लेखेका छन्–‘विद्यासँग ब्रेकअप भएसँगै करिस्मासँग लसपस गर्दै केपी भन्छन्–खुट्टा भए जुत्ता छानीछानी पाईन्छ भन्या तेसै हैन।’

उक्त पोष्टमा लंगिक हिंसा हुने अनेकौ कमेण्टहरु गरिएका छन् । जसमा अनिस तामाङले ‘कतिपय सुड्डोहरु चाही झ्याप भएपछि राम्री राम्री तरुनीको फोन नम्वर खोजी जोजी फोन गर्ने वानी हुन्छन् । आवेगमा आएर खुसीले उफ्री नहालम है । भोली विहन सरी नानी हिजो झ्यापमा के के भन्या थाहा भएन माइण्ड नगर्नु भनेर दोस्रो कल पनि आउन सक्छ’ लेखेका छन् भने टेकराज राणाले–‘राम्री केटी देख्न हुँदैन ओलीले कल गरि हाल्छन् । त्यो उहिले देखिको सोख हो’ भन्दै लेखेका छन् ।

मनवहादुर फगामीले ‘केपी ओलीसँग माँया गाँसेपछि राष्ट्रपति वनाई दिन्छ केपी ओलीले खोजने भनेकै अरुको वुरी खुदी (वुढी–खुडी) हो’ लेखेका छन् भने कपिल रुचालले ‘ यो दुई कौडिको आईमाई हो। गाला, छाला र चा.. विक्न छोडेपछि नानाभाँती नौटंकी गछें’ लेखेका छन् । 

यो पनि

राष्ट्रपतिलाई प्रश्नः तपाई र ओलीको सम्बन्ध गाढा छ भन्ने सुनिन्छ के हो ?

विद्यादेवी भण्डारी चरित्र हत्या समीर भट्टराई अश्लील मजाक

विशेष