News देश

मेयरलाई मुक्का हान्ने पंगेनी पक्राउ

मेयरलाई मुक्का हान्ने पंगेनी पक्राउ

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का हान्ने गणेश पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलले सोमबार साँझ उनलाई पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय बुटवलकै हिरासतमा राखिएको छ। 

बुटवल उपमहानगरपालिका–३ ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो निरिक्षणमा पुगेका वेला मेयर सुवेदीलाई पंगेनीले मुक्का हानेका थिए । भदौ १३ मा गएको पहिरोले बुटवल–३ को मका २ दर्जन बढी घरमा क्षति पुगेको थियो। पहिरोले घरमा क्षति पुगेपछि पीडित परिवार विस्थापित छन् ।

पहिरोले विचल्ली वनाएर खान वस्न नपाएका वेला नआएका मेयर समस्या समाधान हुँदै गएपछि फोटो खिचाउन आएको भन्दै स्थानीयवासी आक्रोसित भएका थिए । पहिरोपीडितको बेवास्ता गरेको भन्दै मेयर सुवेदीकै पार्टी नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियूका रुपन्देही जिल्ला कमिटी सदस्य पंगेनीले हातपात गरेका थिए ।

एमालेका मेयरलाई मुक्का वजार्ने युवक अनेरास्ववियुका जिल्ला सदस्य

फोटो सेसन गर्न थालेपछि पहिरो पीडितद्वारा मेयरलाई मुक्का

बुटवल उपमहानगरपालिका हातपात शिवराज सुवेदी पहिरो पीडित गणेश पंगेनी

विशेष