News समाज देश

तक्मा वितरणमा तमासा, गठवन्धभित्रै असन्तुष्टी

तक्मा वितरणमा तमासा, गठवन्धभित्रै असन्तुष्टी

नेपाली कांग्रेका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री हुँदा हरेक पटक नयाँ रेकर्ड राख्न थालेका छन् । ०७४ मा जम्बो मन्त्रिपरिषद् बनाएर खराब कीर्तिमान बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले विभूषणमा अर्को खराब रेकर्ड बनाएका छन् । 

संविधान दिवसको अवसरमा सरकारले ९३१ जनालाई मानपदवी, अलंकार र विभूषण दिने निर्णय गरे अहिलेसम्मकै धेरै पदक वाँड्ने सरकारको रेकर्ड वनायो । गणतन्त्र स्थापनापछि पहिलो पटक २०६७ बाट मानपदवी दिँदा २६९ जनाले पाएका थिए । त्यसयता मानपदवी पाउनेको संख्या ६ सयबाट नाघेको थिएन ।

यो वर्ष विभूषण पाउनेको संख्यासँगै विवाद पनि बढेको छ । जुन पार्टी सरकारमा हुन्छ, त्यही पार्टी नेता, कार्यकर्ता र उनी निकटवर्तीहरुलाई पदक दिएको भन्दै आलोचना हुँदै आएको थियो । यो पटक त विभूषणमा सत्तारुढ गठबन्धनको भागवण्डा भएको भन्दै पदक अस्वीकार गर्नेहरुको संख्या बढेका छन् ।

काठमाडौंका पूर्वमेयर पिएल सिंहले सुप्रशिद्ध प्रबल जनसेवाश्री अस्वीकार गरेका छन् । पत्रकारहरु हरिबहादुर थापा, कृष्णज्वाला देवकोटा, नारायण अमृत र काटुनिष्ट रविन सायमी, डा. अशेष ढुंगानाले पनि पदक नलिने घोषणा गरेका हुन् । 

पदकमा सत्तारुढ गठबन्धन हावी भएको आरोप लाग्यो । सबभन्दा ठूलो विभूषण नेपालरत्न स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिएयोभ ने दोस्रो ठूलो विभूषण राष्ट्रगौरव पनि कांग्रेसका अर्का नेता सुवर्णशम्सेर राणालाई दिईयो । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई पनि यो पदवी दिईयो। 

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका दिवंगत पिता मंगलकुमार उपाध्यायलाई पनि प्रवल जनसेवाश्री पदक प्रदान गरियो ।

यसले पदक सत्ता गठवन्धले आफु आफु नै राखेको कलंक त वोक्यो नै, सत्ता गठवन्धन भित्रै पनि असन्तुष्टि चलिएको छ। जसपाका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईले पदक वितरणमा असन्तष्टी जनाएका छन् । समाजिक सञ्जाल ट्वीटरमा उनले लेखका छन्–‘कंका जित्ने हनुमान जश पाउने ढेडु! संविधान दिवसका राष्ट्रिय विमर्श र पदक वितरण हेर्दा यस्तै लाग्यो! माओवादी जनयुद्ध र मधेशविद्रोह विना संविधानसभा, संविधान, गणतन्त्र, संघीयता आउँथे?वास्तविक जननी चाहिं सन्तान अपांग भयो भनेर उपचार निम्ति छटपटिने, अरू सुडेनी÷तमासे चाहिं नाचगान गर्ने? विडंवना!’

मानपदवी, अलंकार र विभूषण

विशेष