News स्वास्थ्य

राज्यमन्त्रीकै सेटिङमा चिकित्सक विहिन नोवेललाई मिर्गौला प्रत्यारोपणकाको लाईसेन्स

राज्यमन्त्रीकै सेटिङमा चिकित्सक विहिन नोवेललाई मिर्गौला प्रत्यारोपणकाको लाईसेन्स

चिकित्सक विहिन मोरङ्गको विराटनगर–५, कञ्चनवारी स्थित नोवेल शिक्षण अस्पताललाई मापदण्ड विपरित मिर्गौला प्रत्यारोपणका लागि लाइसेन्स दिने काममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठकै भुमिका रहेको आरोप लागेको छ ।

कांग्रेसनिकट नोवेल शिक्षण अस्पतालका संचालक सुनिल शर्माको लगानी रहेको नोबेल मेडिकल कलेजलाई प्रत्यारोपणको लाइसेन्स दिलाउन बढी चासो राज्यमन्त्री श्रेष्ठकै रहेको स्रोतले जनाएको छ।

विभिन्न मेडिकल कलेज किनेर अकुत सम्पत्ति कमाएका मेडिकल माफिया सुनिल शर्माले पैसा र पावरको भरमा कलेजमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेका हुन । नोवेलमा मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने नियमित चिकित्सक÷डाक्टर छैनन् । तर, पनि पनि राजनीतिक र आर्थिक पहुँचको भरमा उनको नोवेल मेडिकल कलेजलाई मिर्गौला प्रत्यारोपणका लागि लाइन्सेन्स दिलाईएको स्रोतको दावी छ। 

स्वास्थ्य मन्त्रालयमा लाइसेन्स वितरणको लागि एउटा समिति छ। त्यसमा निजी अस्पतालमा लगानी भएका भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक रहेर एक साता अघि मात्रै हटाईएका डाक्टर प्रेम ज्ञवाली सदस्य छन। मन्त्री श्रेष्ठ र डा. ज्ञवालीको मिलेमतोमा नोवेललाई मिर्गौला प्रत्यारोपणका लागि लाइन्सेन्स दिएको आरोप छ।

कांग्रेस नेता शेखर कोईराला मार्फत नोवेल मेडिकल अस्पतालका सञ्चालक मन्त्री श्रेष्ठसम्म पुगेको र उनकै दवावमा करिब एक महिनाअघि मात्रै मिर्गौला प्रत्यारोपणको लाइसेन्स दिलार्ईएको जनाईन्छ। मिर्गौला प्रत्यारोपण लाइसेन्स लिनका लागि स्थायी रुपमा मिर्गौला प्रत्यारोपणमा संलग्न हुने डाक्टरहरू हुनुपर्ने व्यवस्था छ ।

तर, नोबेल मेडिकल कलेजले त्यो व्यवस्था नहुँदै लाइसेन्स पाएको स्रोतको दावी छ । मिर्गौला प्रत्यारोपणको लाइसेन्स दिन डा. ज्ञवालीको विशेष सक्रियता रहेको समेत जनाईएको छ। नोबेलमा पुगेर मृगौला प्रत्यारोपण गर्न सहयोग गर्ने टोलीमा डा. ज्ञवाली पनि रहेका थिए । डा. ज्ञवालीको टोलीले नोबेललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स दिलाउनुअघि नोबेलकै एकजना डाक्टरलाई डा. ज्ञवालीले मानव अंग प्रत्यारोपण केन्द्रमा तालिम दिलाएको दावी स्रोतको रहेको छ  ।

६ महिनाका लागि तालिममा आएको भनिए पनि ती डाक्टर मुस्किलले १ महिना मिर्गौला प्रत्यारोपण केन्द्रमा आएर बसेका थिए । त्यही आधारमा मिर्गौला प्रत्यारोपणको लाइसेन्स नोबेलले पाएको स्रोत बताउछ । 

मन्त्री र डाक्टरहरुककै मिलेमतोमा नोवेलले मृगौला प्रत्यारोपणको अनुमती पाएपछि विरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड हुने आशंका बढाएको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ । 

यो पनि

चिकित्सक नभएको नोवेललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स दिलाउने ज्ञवालीलाई हटाईयो

डाक्टरनै नभएको नोवेल अस्पताललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स !

मेडिकल माफिया सुनिल शर्माको सर्टिफिकेट नक्कली

लेटाङका ९ कक्षा फेल राजेन्द्र न्यौपाने यसरी भए ‘मेडिकल माफिया सुनिल शर्मा’

‘मेडिकल माफिया’ सुनिल शर्माले धरानको बिपी प्रतिष्ठान डुबाए

सुनिल शर्माको बिराटनगर स्थित नोबेल ज्यानमारा अस्पताल !

नोवेल शिक्षण अस्पताल मिर्गौला प्रत्यारोपण सुनिल शर्मा मेडिकल माफिया प्रेम ज्ञवाली उमेश श्रेष्ठ

विशेष