News

विश्व प्रतिस्पर्धाको केन्द्र हिन्द प्रशान्त क्षेत्र बनेको एमालेको निस्कर्ष

विश्व प्रतिस्पर्धाको केन्द्र हिन्द प्रशान्त क्षेत्र बनेको एमालेको निस्कर्ष

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विश्व प्रतिस्पर्धाको केन्द्र हिन्द प्रशान्त क्षेत्र बनेको निस्कर्ष निकालेको छ । अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) त्यसै विषयमा लक्षित रहेको एमालेको ठहर छ ।

आगामी विधान महाधिवेशनमा प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनमा अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक स्ट्राटेजी विश्व प्रतिपर्धाकै अंश भएको जनाईएको छ।

‘इन्डो प्यासिफिक स्ट्राटेजी’लाई हेर्ने दृष्टिकोणका विषयमा भने प्रतिवेदनमा खुलाईएको छैन । 

प्रतिवेदनमा भनिएको छ– ‘विश्वको शक्ति सन्तुलनमा तीव्र परिवर्तन देखा परेको छ । लामो समयसम्म युरोप–अमेरिका केन्द्रित विश्व ढाँचामाथि चीनको उदय एवं ब्रिक्स र एसियाली पूर्वाधार विकास बैंकको गठन जस्ता विषयले चुनौती दिएका छन’ प्रतिवेदनमा भनिएको छ।’

प्रतिवेदनम भारत–चीनबीच बढेको तनाव, अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीले पार्ने प्रभावलगायतका विषय समेछ समेटिएको छ । चीनलाई हेर्ने दृष्टिकोणमा युरोपेली देशहरुको स्वतन्त्र विचार राख्न थालेको प्रतिवेदनमा उल्लेख छ । 
 

केपी शर्मा ओली

विशेष