फोटो सेसन गर्न थालेपछि पहिरो पीडितद्वारा मेयरलाई मुक्का

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि पहिरो पीडितले हातपात गरेका छन् । पहिरो निरीक्षणका लागि पुगेका बेला सुवेदीमाथि पीडितले हातपात गरेका हुन् ।
बुटवलको ज्योतिनगरमा पहिरो झर्दा ८ घर विस्थापित भएका छन् । करिब ६० घरमा पहिरोको लेदो पसेको थियो । विस्थापितले अहिलेसम्म राहत पाएका छैनन् । कुनै सरकारले पनि आफुहरुलाई नहेरेको भन्दै पीडितहरु पीडामा छन् ।
बुटवलमाथिको चुरेबाट पहिरो झरेको हो । यो पहिरोले त्यस क्षेत्रका सयौं घर असुरक्षित छन् । २० वर्षअघि सोही स्थानमा पहिरो झर्दा बस्ती नै विस्थापित भएको थियो । अहिले फेरि त्यहाँ वस्ती वसेको छ।
पीडितहरुलाई राहत दिनुको सट्टा मेयर सहितका नेता÷कार्यकर्ता फोटो सेसन गर्ने र सामाजिक सञ्चालमा प्रचार गर्न ब्यस्त भएको देखेपछि आक्रोशित एक युवकले मेयरलाई मुक्का हानेको जनाईएको छ । मेयरलाई मुक्का हानेको विषय इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुंवरले पनि पुष्टि गरेका छन् ।
बुटवल उपमहानगरपालिका हातपात शिवराज सुवेदी पहिरो पीडित