News देश

वुढिगण्डकी आयोजना सुरु गर्न दवावका लागि वावुराम भट्टराई धर्नामा

वुढिगण्डकी आयोजना सुरु गर्न दवावका लागि वावुराम भट्टराई धर्नामा

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई धर्ना वस्न माईतिघर पुगेका छन् ।  बुढीगण्डकी आयोजना छिटो बनाउन दबाब दिन प्रभावित क्षेत्रमा पर्ने गोरखा र धादिङका वासिन्दाले सोमबारदेखि सुरु गरेको धर्नामा भट्टराई पनि पुगेका हुन ।

प्रभावित क्षेत्रका वासिन्दासँग धर्ना वसेका भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना नबन्दा मुलुकलाई खर्बौ रुपैयाँ घाटा हुने बताएका छन् । अहिले आफ्नो दल जनता समाजवादी पार्टीको समेत समर्थन रहेको सरकारले आयोजना निर्माण अघि बढाउन नसक्नु लज्जास्पद भएको भन्दै आलोचना गरे ।

योगना अघि वढाउन पेट्रोलियम पदार्थबाट ४०/५० अर्ब रुपैयाँ जम्मा भईसकेको वताएका उनले यो योजना यसअर्थमा सम्पूर्ण नेपालीको साझा परियोजना बनेको दावी गरे । यस्तो विषयमा पनि कसरी बनाउने, ठेक्कापट्टा कसलाई दिने, कसले कति कमिसन खाने भन्नेजस्ता बखेडा झिकेर परियोजना शुरु नहुनु अत्यन्त लज्जास्पद भएको उनको भनाई छ।

बुढीगण्डकी योजना बहुउद्देश्यीय परियोजना हो भन्दै उनले यो क्षेत्र नेपालको ठूलो पर्यटनको आकर्षणको केन्द्र पनि बन्ने वताए । आफू प्रधानमन्त्री भएका बेला बुढीगण्डकी आयोजना विकास समितिले पुनर्बास, पुनस्र्थापनाको योजना बनाएको भन्दै उनले ताल वरपर चक्रपथ बनाएर प्रभावित क्षेत्रका वासिन्दाको पुनर्बास गराउन सक्ने बताए ।

बाबुराम भट्टराई बुढीगण्डकी आयोजना

विशेष