दल विभाजन सम्वन्धि अध्यादेश खारेज भएपछि मात्र मन्त्रीपरिषद विस्तारः उपेन्द्र यादव

प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्री परिषद विस्तार गर्न नसकेर आलोचना खेपिरहेका वेला सत्ता गठवन्धन नै नेताहरुले भने तत्कालै मन्त्रीपरिषद विस्तार नहुने संकेत गरेका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद्को विस्तार हुने दावी गरे । अध्यादेशले राजनीतिक दलहरुलाई अस्थितर वनाएकोले त्यसलाई तत्काल खारेज गर्नु पर्ने उनले वताए ।
दल विभाजनसम्बन्धी अध्यादेशले दल विभाजन गर्ने तथा विकृति फैलाउने उनको भनाई छ। सरकार विस्तारका लागि मन्त्रालय बाँडफाँटको काम पनि बाँकी रहेको अध्यक्ष यादवले बताए । गठवन्धनका अन्य नेताहरुले भने मन्त्रालयको वाँडफाँड सकिएको वताउने गरेका छन् ।
उपेन्द्र यादव दल विभाजनसम्बन्धी अध्यादेश मन्त्रिपरिषद् विस्तार