News देश

नेपाल सरकारले सीमा अतिक्रमण भएको पुष्टी गरे चीनले मिसाइल हान्ने धम्की

नेपाल सरकारले सीमा अतिक्रमण भएको पुष्टी गरे चीनले मिसाइल हान्ने धम्की

०७७ असोज पहिलो सातादेखि नेपाल–चीन सिमानामा विवाद रहेको विषय सार्वजनिक भयो। हुम्लाको नाम्खा गाउँपालिका– ६ मा चीनले नेपाली भूमि मिचेर भौतिक संरचना वनाएको भन्दै सुरु भएको विवाद अझै साम्य भएको छैन।

हुम्लाको सीमामा अवस्थित ११ र १२ नम्वर पिल्लरको आसपासमा चीनले पक्की भवनहरु बनाएको समाचार सार्वजनिक भएपछि सरकारका प्रवक्ता प्रदिप ज्ञावलीले चीनसँगको सीमामा कुनै विवाद नरहेको र चीनले आफ्नै भूमिमा भवनहरु बनाएको प्रष्टीकरण दिएका थिए। तर, कतिपय सांसदहरुले नै सरकारको प्रष्टिकरण झुठो भएको भन्दै आलोचना गर्दै आएका छन् ।

यही विचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएपछि मन्त्रिपरिषदले चीनसँगको सिमा विवाद समाधानका लागि भन्दै ‘अध्ययन समिति’ वनाउने निर्णय गर्यो । सरकारको यो निर्णयसँगै चीनसँगको सीमा विवाद थप पेचिलो भएको छ।

यसै सन्दर्भमा त्यहाँको वस्तुस्थिती जनता समक्ष पुर्याउने उदेश्यले ‘नेपाल आज’ टिमले त्यस क्षेत्रको ‘फिल्ड रिपोर्टिङ्ग’ गरेको छ। रिपोर्टिङ्गका क्रममा स्थानीय प्रशासन, स्थानीय तहदेखी प्रदेश र संघीय संसदका प्रतिनिधिहरुसँग पनि कुराकानी गरेको छ। त्यस विषयका सामाग्रीहरु हामीले निरन्तर पस्कदै जानेछौं । 

रिपोर्टिङ्गका क्रममा नेपाल आजको टोलीलाई सीमा क्षेत्रमा पुग्न नदिनेदेखि पुगेपनि समाचार सार्वजनिक नहोस भन्ने उदेश्यले अवान्छित कृयाकलाप भए। जस्मा चीनियाँ एजेण्टदेखि नेपाल सरकारको तलव÷भत्ता खाएका प्रशासकहरु समेत लागेको कुरा हामीले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अनुभव गर्यौ ।

त्यतिमात्र होईन, हामीले नेपाल–चीन सीमा क्षेत्रको रिपोर्टिङ्ग गरेको विषयमा जानकार हुम्लाका सिडिओ गणेश आचार्य मार्फत चीनियाँ पक्षलाई सूचना चुहाउने काम गरिएको हामीले पाएका छौं । उनकै सूचनाका आधारमा ‘नेपाल आज’ को टिमलाई चीन विरुद्ध समाचार नलेख्न धम्कीसमेत आएको छ।

सिडिओ मार्फत सूचना चुहिएपछि चीनको सियान प्रान्तले ‘नागरिक दूत’ नियुक्त गरेका नेपाली नागरिक प्राध्यापक डा.राजीवकुमार झा सकृय भएका छन् । सियान प्रान्तले नागरिक दुत नियुक्त गर्नु एकवर्ष अघि चीनियाँ बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा समेत झालाई नियुक्त गरिएको थियो ।

सियान प्रान्तीय सरकारले प्रा. डा.झाको नाममा ‘चाइना नेपाल फ्रन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिव कुमार झा’ पनि स्थापना गरेको छ । अहिले उनै राजिव झा चीन विरुद्ध हुने गतिविधिको निगरानीमा खटिएका छन् । उनले नेपाल–चीन सिमामा रिपोर्टिङ्ग गरेर फर्केको नेपाल आजको टिमका एक सदस्यलाई फोन गरेर ‘चीनले भूमी मिचेको भनेर नेपाल सरकारले पुष्टी गरे चीनले मिसाईल हान्छ’ भन्दै धम्की दिएका छन् ।

झाको वुझाईमा चीनले नेपालको भुमी अतिक्रमण गरेको होईन। नेपाली कांग्रेस र प्रदेश सभा सदस्य जिवन वहादुर शाही लगायतका केही नेताले ‘प्रपोगाण्डा’ फैलाएको उनको दावी छ। सीमा मिचिएको विषयमा नेपालसँग प्रमाण नै नभएको र सरकारी प्रतिबेदनमा चीनले नेपालको भुुमी मिचेको ठहरिए मिसाइल हान्न्ने भन्दै धम्किपुर्ण चेतावनी उनले दिएका छन्। 

झाले उनलाई प्रत्यक्ष भेटेरै पनि चीन बिरुद्ध अभिब्यक्ती नदिन चेतावनी दिएका छन। रिपोर्टिङ्गवाट काठमाण्डौं फर्कने विक्तिकै लविङमा खटिनु र फोन गरेर धम्कीपुर्ण चेतावनी दिनुले झाको नियतमाथि नै शंका उत्पन्न भएको छ।

यतिमात्रै होईन, उनले यसअघि समाचारको विषयमा समेत नेपाल आजको टिमलाई ज्यान मार्ने धम्की दिएका थिए । १२ साउन २०७६ गते प्रकाशित ‘नेपालबारे भ्रामक रिपोर्टिङले राष्ट्रपति सीको भ्रमण अनिश्चित’ शीर्षकको समाचार प्रकाशित भएपछि उनले नेपाल आजको तत्कालिन सम्पादकीय टिमलाई समाचार हटाउन दबाब दिएका थिए। 

उनको धम्कीले पनि समाचार नहटेपछि डा. झाले नेपाल प्रेस काउन्सिलले आयोजना गरेको छलफलमै नेपाल आजका सञ्चालक माधबप्रसाद गुरागाईलाई ज्यान मार्ने धम्की दिएका थिए । ‘चीन विरुद्धका समाचार लेखे चीनले ज्यान दिन पनि सक्छ र लिन पनि सक्छ’ भन्दै उनले गुरागाईलाई धम्क्याएका थिए भने उनको धम्की अघि काउन्सिलका पदाधिकारी पनि मुकदर्शक वनेका थिए ।

डा. झाले भने आफुले रिपोर्टिङ्गमा गएका मध्ये एक जनालाई भेटेको र  जिस्किने हिसावले मात्रै मिसाईलको कुरा गरेको वताए । ‘चीनको भुमीमा प्रवेश गर्दा मिसाईल हान्देलानी’ भन्दै जिस्किने भावमा कुराकानी गरेको उनको दावी छ।  

नेपाल आजका संचालक गुरागाईलाई धम्की दिएको विषय भने उनले स्विकार गरे। आफु विरुद्ध ब्यक्तिगत रुपमा समाचार लेखेपछि आफुले त्यस्तो वोलेको उनले वताए । झाले भने–‘चीन विरुद्ध गतिविधि गर्नेको हड्डी भाँच्ने कुरा त चीनका राष्ट्रपति सि चिनफिङले नै भनेका छन। मैले त्यही कुरा गरेको हो।’

उनको यो भनाईमा भने सत्यता छैन। नेपाल आजले राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण अनिश्चित भएको विषयमा समाचार प्रकाशित गरेको थियो भने सोही प्रसंगमा काउन्सिलमा छलफल आयोजना गरिएको थियो । तर, त्यसको लामो समयपछि मात्र सि चिनफिङले नेपाल भ्रमण गरेको र त्यस वेला सम्वोधनका क्रममा उनले चीन विरुद्ध गतिविधि गर्नेका हड्डी भाँच्ने भन्दै अभिब्यक्ति दिएका थिए ।

हुम्लामा चीनद्वारा अतिक्रमित नेपाली भुमी अनुगमनमा स्थानीय प्रशासनकै अवरोध

नेपालबारे भ्रामक रिपोर्टिङले राष्ट्रपति सीको भ्रमण अनिश्चित

सिमा विवाद हुम्लाको लिमी

विशेष