News राजनीति

सरकार विरुद्ध मैदानमा उत्रिन साईवर सेना र अरिंगाललाई ओलीले दिए निर्देशन

सरकार विरुद्ध मैदानमा उत्रिन साईवर सेना र अरिंगाललाई ओलीले दिए निर्देशन

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विरुद्ध साईवर सेना र अरिंगाललाई मैदानमा उत्रन निर्देशन दिएका छन् । सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेका भन्दै प्रतिवाद गर्न उनले निर्देशन दिएका हुन ।

अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहणका लागि मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले प्रहरी परिचालन गरेर पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको उनले आरोप लगाए ।

जनताले भयरहित ढङ्गले जीवनयापन गर्न पाउँने अधिकार विरुद्ध सरकार लागे प्रतिवादमा उत्रिनुको विकल्प नरहेको उनले वताए ।

‘सरकार निर्देशित, सरकार सञ्चालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईंहरुले भण्डाफोर गर्नु पर्छ । र मैले अस्ति बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढङ्गले बाँच्न चाहन्छ’ उनले भने–‘एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यवहार होस् । र त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहार होस भन्ने जनता चाहन्छ । शान्तिपूर्ण ढङ्गले जीवनयापन गर्न चाहन्छ । तर जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ ? प्रतिवाद गर्नु परेन । जनता भोलि प्रतिवादमा निस्कन्छ । अथवा असहज, अप्ठ्यारो, प्रतिकूल परिस्थिति आयो भने सरकारले त्यस्तो बेलामा साथ पाउँदैन । सबै चुप लागेर मूकदर्शक भएर हेर्छन् ।’

०१७ सालमा संसद् सबै अपदस्थ गर्दा पनि पनि दुई तिहाइ ल्याएको काँग्रेस नवोलेको भन्दै उनले त्यही सिको ज्ञानेन्द्रले गरेको ओलीले वताए । ‘माघ १९ गर्दा ६१ सालबाट ६२ को अन्त्यमा पुग्दा त्यसको समाप्त गरिदियो जनताले,’ उनले थपे, ‘त्यस शासन नै अन्त्य गरिदियो जनताले । तसर्थ जनता सचेत हुनुपर्दछ । जनतालाई सरकारले दुःख दिनु हुँदैन ।’
 

केपी शर्मा ओली अरिंगाल साईवर सेना

विशेष