News विदेश Breaking News मुख्य समाचार देश

तालिबानले भन्यो - विश्वविद्यालयमा लैंगिकताका आधारमा महिला-पुरुषलाई छुट्टाछुट्टै राखिने 

तालिबानले भन्यो - विश्वविद्यालयमा लैंगिकताका आधारमा महिला-पुरुषलाई छुट्टाछुट्टै राखिने 

काबुल। अफगानिस्तानका विश्वविद्यालयहरुमा छात्र र छात्राहरुलाई लैंगिकताका आधारमा छुट्टाछुट्टै राखिने भएको भएको छ। अफगानिस्तानका कार्यवाहक उच्च शिक्षामन्त्रीले तालिबानले विश्वविद्ययालयहरुमा छात्रछात्राका लागि छुट्टाछुट्टै राख्नका लागि प्रोटोकल बनाएको बताएका छन्। 

अफगानिस्तानमा महिला अधिकारको सम्मान गर्ने आश्वासनबाट पछि हट्दै तालिबानले गत महिना सहशिक्षामा प्रतिबन्धको घोषणा गरेको थियो। एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कार्यवाहक मन्त्री मावलवी अब्दुल बाकी हक्कानीले संगठनले महिलाहरुलाई पढाउन महिला शिक्षकहरुको खोजी गरिरहेको बताएका छन्। 

पुरुष शिक्षकहरुलाई पढाउनका लागि पर्दा राखिनेसमेत जनाइएको छ। महिला विद्यार्थीहरु अनिवार्य एक बुर्का लगाउनु पर्ने र कक्षामा पर्दा अथवा टीवी स्क्रीन को उपयोग गरेर 
कक्षा सञ्चालन गरिने जनाइएको छ। 

गत महिना, शेख अब्दुलबाकी हक्कानीले अफगानिस्तानमा उच्च शिक्षाका लागि कार्यवाहक मन्त्री नियुक्त गरियो। यसअघि तालिबान अधिकारीहरुले भनेका थिए कि सहशिक्षा जारी राख्नुको कुनै वैकल्पिक र औचित्य नभएको र  यो अभ्यासलाई रोक्नुपर्ने बताएका थिए । 

तालिबानले शरीया कानुन अनुसार नै शिक्षाका गतिविधिहरु सञ्चालन गर्नुपर्ने बताइएको छ। धेरै मानिसहरुले यो कदमको विरोध गरेका छन् र उच्च शिक्षाबाट छात्राहरुलाई वञ्चित गरिएको छ। 

अधिकार समूह तालिबान वाचका अनुसार गत महिना निजी विश्वविद्यालयका मालिकहरुले केटीहरुलाई केटाहरुबाट अलग गर्ने तालिबानको आदेशमा आपत्ति जनाएका थिए। उनीहरुले पर्याप्त महिला शिक्षकहरु नभएका कारण यो सम्भव नहुने बताएका थिए। 

विशेष