News

विपी कोइराला पब्लिक पोलिसीका नेताद्धारा बझाङको स्वास्थ चौकीलाई स्वास्थ्य सामाग्री उपलब्ध

विपी कोइराला पब्लिक पोलिसीका नेताद्धारा बझाङको स्वास्थ चौकीलाई स्वास्थ्य सामाग्री उपलब्ध

विपी कोइराला स्कुल अफ पब्लिक पोलेसीका केन्द्रिय अध्यक्ष प्रेमराज जोशी तथा बझाङ जिल्ला अध्यक्ष एसपी कोइरालाको समन्वयमा बझाङको लुयाटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्रि उपलब्ध गराइएको छ । नेपाल सरकारको स्वास्थ्य विभागबाट नेताहरुको समन्वयमा उक्त स्वास्थ सामाग्रि उपलब्ध गराइएको हो । 


अक्सिजन कन्सर्नटेटर एक थान, पल्स अक्सिमिटर, सेनिटाइजर, मास्क, पिपिइ सेट, सर्जिकल ग्लब्सलगाएतका स्वास्थ्य सामाग्रि जयपृथ्वी नगरपालिकास्थित लुयाटा स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको विपी कोइराला स्कुल अफ पब्लिक पोलेसीका बझागं जिल्ला अध्यक्ष एसपी कोइरालाले जानकारी दिए । 


कोभिड १९ को प्रकोप कायमै रहेको अवस्थामा अत्यावश्यक स्वास्थ्य सामाग्रि उपलब्ध भएकोले उपचारमा केही सहज हुने लुयाटा स्वास्थ चौकीका इन्चार्ज नरेन्द्र बहादुर थापाले जानकारी दिए । उनका अनुसार बझाङ जिल्ला अस्पतालपछि अक्सिजन कन्सर्नटेटर उपलब्ध भएको पहिलो स्वास्थ्य चौकी लुयाटा स्वास्थ चौकी हो । यद्यपी अक्सिजन कन्सर्नटेटर  भने केही दिनभित्र प्रयोगमा ल्याईदैछ । 


गाउँमा कोरोना महामारीले आक्रान्त बनाएको बेला कुनैपनि पक्षबाट ध्यानाकर्षण नभएको हुनाले जनताले सास्ति पाएका थिए । यस्तो अवस्थामा आफुले सक्ने सहयोग गर्न सकेकोमा खुशीलागेको विपी कोइराला स्कुल अफ पब्लिक पोलेसीका बझाङ जिल्ला अध्यक्ष एसपी कोइरालाले बताए । 

विशेष