News समाज देश

गुल्मीमा पहिरोले पुरेर एकै परिवारका तीन वहिनीको मृत्यु

गुल्मीमा पहिरोले पुरेर एकै परिवारका तीन वहिनीको मृत्यु

गुल्मीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोले रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने तिलक परिवारको घर पुरिदा उनीहरुको मृत्यु भएको हो ।

पहिरोमा परेर तिकका छोरीहरु २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको हो। राति करिब दुई बजे पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको छ। 
 

विशेष