News विदेश

श्रीनगरको लोक अदालतमा १२ हजार मुद्दाहरुको समाधान 

श्रीनगरको लोक अदालतमा १२ हजार मुद्दाहरुको समाधान 

श्रीनगर।  श्रीनगरमा आयोजित तेस्रो राष्ट्रिय लोक अदालत दिवसको अवसरमा सार्वजनिक गरिएको एक तथ्यांक अनुसार श्रीनगर लोक अदालतमा १२ हजार मुद्दाहरु मेलमिलापको माध्यमबाट समाधान गरिएका छन्। उक्त मुद्दाहरुबाट करिब १० करोड राजस्व संकलन भएकोसमेत जनाइएको छ। 

राष्ट्रिय लोक अदालतका अध्यक्षसमेत रहेका श्रीनगर जिल्ला तथा इजलास न्यायाधीश मोहम्मद अकरम चौधरीले जिल्ला अदालत कम्प्लेक्स मोमिनाबाद श्रीनगरमा राष्ट्रिय लोक अदालतको उद्घाटन गरेका हुन्। 

१० वटा बेन्च गठन भएकोमा बेन्च नम्बर १ मा विशेष न्यायाधीश जतिन्द्र सिंह जामवाल र प्रदीप कुमारको संयुक्त इजलास गठन गरिएको थियो। उक्त इजलासमा भ्रष्टाचारसम्बन्धी मुद्दाहरुको सुनुवाइ गरिएको थियो। त्यसैगरि बेन्च नम्बर २ मा प्रमुख न्यायाधीश मसरत शाहीन र मोहम्मद अशरफ भटले परिवारसम्बन्धी मुद्दाको सुनुवाइ गरिएको थियो। यसैगरि विभिन्न बेन्जहरु गठन गरेर फरक फरक मुद्दाको सुनुवाइ फरक फरक बेन्चमा गरिएको जनाइएको छ। 

१२ हजार ६२९ मुद्दाहरुमम्धष्े १२ हजार ३ मुद्दाहरु मेलमिलाप र सहमतिका आधारमा समाधान गरिएका छन्। यसमा करिब तीन करोड १२ लाख १४ हजार ४११ रुपैयाँ क्षतिपूर्तिवापत प्रदान गरिएको श्रीनगर अदालतले जनाएको छ। त्यसैगरि मेलमिलाप गराएवालत चार करोड १९ लाख रुपैयाँ असुल गरिएको जनाइएको छ। 

विशेष