News राजनीति

मन्त्रिपरिषदमा पूर्व प्रजातान्त्रिक हावी, अव को–को वन्दैछन् मन्त्री ?

मन्त्रिपरिषदमा पूर्व प्रजातान्त्रिक हावी, अव को–को वन्दैछन् मन्त्री ?

मन्त्रिपरिषद् विस्तारमा बिलम्व भएको आरोप लागिरहेका वेला ५ असोजमा वसेको सत्ता साझेदार वैठकले कांग्रेसका नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गर्यो । यसअघि सुशील कोइरालाको मन्त्रिपरिषद्मा मन्त्री बनिसकेका खड्का देउवालाई निरन्तर साथ दिने नेता हुन् । 

देउवा मन्त्रिपरिषद्मा अहिले कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानून र बालकृष्ण खाँण गृह मन्त्री छन् । उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुन् । यी सबै देउवानिकट नेता हुन् । व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको देउवासँगको सम्बन्ध धेरै पछि विकास भएको हो । तर, कार्की र खाँण कांग्रेस प्रजातान्त्रिक गठनताकाकै हितैषी हुन् ।

०५९ मा राजासमक्ष संसद् विघटन सिफारिस गरेको प्रकरण उत्कर्षमा पुग्दा कांग्रेसमा विभाजन आएको थियो । देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गरे पनि ०६४ मा उनी फेरि मूल घर फर्किएका थिए । अहिले मन्त्री हुने सवै तत्कालिन प्रजातान्त्रिकका नेताहरु हुन ।

अब मन्त्री बनाउनेको सूचीमा मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, उमाकान्त चौधरी, तेजुलाल चौधरी(स्कूलका मालिक) र विनोद चौधरी रहेका छन् । स्रोतका अनुसार यसमा पनि बडूले अवसर पाउने सम्भावना कम छ।

कोइराला परिवारबाट सुजाता कोइराला, सिटौला गुटबाट उमाकान्त चौधरी र पुष्पा भुसालहरूले ले पनि मन्त्रीमा अवसर पाउने सम्भावना छ । तर सुजाता र उमाकान्तले अवसर पाए भुसालकै नाम पनि लिष्टवाट हट्ने नेताहरु वताउँछन् । तर, तत्कालै मन्त्रिपरिषद विस्तार भईहाल्ने सम्भावना भने कम छ।

सर्वाेच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री नियुक्त भएको ६ असोजमा ७२ दिन भएको छ । देउवा सरकारको हनिमुन अवधि पूरा हुन अब मात्रै १८ दिन बाँकी छ । र, पनि मन्त्रिपरिषदले पूर्णता पाइहाल्ने अवस्था छैन।

मन्त्रिपरिषद विस्तार भईहालेपनि कांग्रेसमा देउवा इतरका नेताले मौका पाउने सम्भावना नरहेको वताईन्छ। हिजो कांग्रेसभित्र पेलानमा परेका देउवा अहिले संस्थापन पक्ष बनेर इतर पक्षलाई सक्दो पल्दै आएका छन् । सभापतिको पहिलो नियमित कार्यकाल डेढ वर्ष अघि नै पूरा गरिसकेका उनी अर्को कार्यकाल पनि सभापतिमा दोहोरिने ध्याउन्नमा छन् । तर कांग्रेसभित्र अहिले पूर्व नेपाली कांग्रेस (प्रजातान्त्रिक) ले अवसर नै अवसर पाउने र हिजोको संस्थापन पक्ष वञ्चित हुने अवस्था बन्दै छ ।

कांग्रेसमा देउवा हाबी हुँदा हिजो कांग्रेसको संस्थापनतिर रहेकाहरू एक–एक थान मन्त्रीका लागि देउवासमक्ष आत्मसमर्पण गर्ने ठाउँमा पुगेका छन् । 

मन्त्रिपरिषद् विस्तार सत्ता साझेदार नारायण खड्का कांग्रेस प्रजातान्त्रिक

विशेष