News अर्थ

एकै दिन ९ सयले वढ्यो सुनको मुल्य

एकै दिन ९ सयले वढ्यो सुनको मुल्य

नेपाली बजारमा आज सुनको मूल्य नौ सयले बढेर ८९ हजार दुई सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला रु ८८ हजार ७५० मा कारोबार भएको थियो ।

छापावाल सुनको मूल्य रु ९० हजार एक सय तोकिएको छ । त्यस्तै चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला रु २५ले बढेको छ ।

चाँदी मङ्गलबार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६५ तोकिएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ । 

विशेष