News

पेटमा हुँदै चर्चामा रहेको वच्चा जन्मियो, प्रियंका वनिन् आमा

पेटमा हुँदै चर्चामा रहेको वच्चा जन्मियो, प्रियंका वनिन् आमा

चलचित्र अभिनेत्री प्रियंका कार्की आमा बनेकी छिन्। सामाजिक संजाल मार्फत उनले वच्चाको फोटो पनि सार्वजनिक गरेकी छिन् ।

सामाजिक सञ्जालमा आफू र आयुष्मान जोशीले बच्चा लिएको तस्बिर सेयर गर्दै आफू आमा बनेको जानकारी दिएकी हुन्। फेसवुकमा छोरीलाई स्वागत गरेको फोटो उनले सार्वजनिक गरेकी हुन्। 

प्रियंका र आयुष्मानले छोरीको नाम आयंका कार्की जोशी दिएका छन्। प्रियंका र आयुष्मानको विवाह २०७६ फागुन १६ गते भएको थियो ।

उनको वच्चा पेटमै हँदा चर्चामा आएको थियो । नेपाली सिने जगतकी चर्चित नायिका प्रियंकाले ६ चैत ०७७ मा आफु गर्भवती भएको जानकारी दिन इन्स्टाग्राम मार्फत एउटा सार्वजनिक गरेको फोटोले उनको आलोचना भएको थियो । त्यसपछि प्रियंकाका नाङ्गो पेटसहितको फोटो सार्वजनिक भएका थिए । 

यो पनि

वावुरामको इज्जत वचाउन खोज्दा मानुषी नाङ्गो !
 

प्रियंका कार्की

विशेष