News अर्थ अपराध सुरक्षा

गच्छदारको दावी– ललिता निवास प्रकरण माधव नेपालको निर्देशनमा भएको हो

गच्छदारको दावी– ललिता निवास प्रकरण माधव नेपालको निर्देशनमा भएको हो

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा खरिद विक्रि प्रकरण तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा भएको दावी गरेका छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका गच्छदारले ललिता निवास प्रकरणमा जोडेर आफ्नो राजनीतिक जीवन समाप्त पार्न लागिएको गुनासो गरे। उक्त प्रकरणमा आफू दोषी नरहेको उनले वताए ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्मा आफूले लगेको उनको जिकिर छ। मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाईमात्र फसाउन खोजिएको उनले गुनासो गरे ।

राजनीतिक पूर्वाग्रहकै कारण अन्य केही व्यक्तिलाई उन्मुक्ति दिइएको उनले आरोप लगाए। ‘मेरो आधा शताब्दी लामो राजनीतिक करिअरमा आक्रमण गरी ध्वस्त पार्ने प्रयास भयो। ललिता निवास प्रकरणमा तानेर मेरो राजनीति समाप्त पार्ने प्रयास भयो’ उनले भने–‘अख्तियारले गैरकानुनी रुपमा मलाई मुद्दा चलाएको छ। जीवनभर स्वतन्त्रताका लागि लडेको ममाथि झुठा मुद्दा लगाएर राजनीति ध्वस्त पार्ने काममा अख्तियार नै लाग्यो।’

मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा सम्बन्धित मन्त्रीले मन्त्रिपरिषद्मा फाइल लगेकै भरमा मुद्दा चलाइनु गलत भएको वताएका उनले उक्त प्रकरण आफुसँग जोडिएको विषय नै नभएको दावी गरे । 

विजयकुमार गच्छदार ललिता निवास जग्गा प्रकरण माधवकुमार नेपाल

विशेष