News अपराध सुरक्षा

जनप्रतिनिधि प्रतिको आक्रोशः पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

जनप्रतिनिधि प्रतिको आक्रोशः पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरिएको छ । वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गरिएको हो । 

आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएका छन् । बुधार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको वडाध्यक्ष गंगाराम सुनारले वताए ।

कार्यालयमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने रहेको प्रहरीले जनाएको छ । उनले वडाध्यक्ष कार्यालयमा नभएको भन्दै विवाद गरेका थिए । वडा कार्यालयकै ल्याण्डलाइनबाट फोन आएको र कार्यकक्षमा आउनु पर्दैन भन्दै ती युवकले वडाध्यक्षलाई थर्काएका थिए । ‘डुलिडुली खाने ?’ भन्दै थर्काएको सुनारले वताए ।

उनले ‘तपाईं आउनुहुन्छ कि तपाईंको कार्यालय जलाई दिम ?’ भनेर पनि धम्की दिएको उनको भनाई छ। ‘त्यसको १० मिनेटपछि वडा कार्यालयमा आगजनी भएको खबर आयो । तिनै व्यक्तिले कार्यकक्षमा पसेर पेट्रोल छर्केर आगो लगाई दिएछन्’ उनले भने।

प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । 
 

वडा कार्यालयमा आगजनी

विशेष