News अपराध सुरक्षा

कार्यालयमा आगजनी गरेपछि वडाध्यक्ष भन्छन्– जोखिम मोलेर जनताको काम गर्न सकिँदैन

कार्यालयमा आगजनी गरेपछि वडाध्यक्ष भन्छन्– जोखिम मोलेर जनताको काम गर्न सकिँदैन

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का वडा वडाध्यक्ष गंगाराम सुनारले जोखिम मोलेर जनताको काम गर्न नसक्ने वताएका छन् । 

वडा कार्यालयमा एक युवकले आगो लगाएको विषयमा प्रतिक्रिया दिदै उनले आफुमाथि सुरक्षा खतरा वढेको वताए । वुधवार समयमा कार्यकक्षमा नभेटिएको भन्दै आक्रोशित एक युवकले पट्रोल छर्केर आगो लगाई दिएका थिए ।

बिहान १० बजेर ४ मीनेट जाँदा वडाध्यक्ष वडा कार्यालयमा नपुगेपछि फोनमा धम्की दिएका थिए । आफूलाई कार्यालयमा नभेटेको झोकमा पेट्रोल छर्केर आगजनी गरिएको सुनारले वताएका छन् ।

वडा कार्यालयमा आगलागी गर्ने युवा सोही वडाका बासिन्दा वास्तव लामिछाने रहेको प्रहरीले जनाएको छ । उनी फरार छन् ।

आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । कुर्सी, सोफा,दराज र त्यहाँ रहेका कागजात जलेर नष्ट भएको बताइएको छ । सोही प्रसंगमा सुनारले भनेका छन्–‘लामिछानेले पहिलेदेखि नै आफ्नो घरमा गएर चियोचर्चो गर्ने गरेको चर्चा पुष्टि भएको छ। खै कसले उचालेर गरेको हो, व्यक्तिगत रिसइवी त केही थिएन। यस्तै हो भने जोखिम मोलेर जनताको काम गर्न सकिदैन होला।’

यो पनि

जनप्रतिनिधि प्रतिको आक्रोशः पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

विशेष