News राजनीति

आफनो इगो सान्त पार्न कार्यकर्ता भिडाउँदै केपी र पिके

आफनो इगो सान्त पार्न कार्यकर्ता भिडाउँदै केपी र पिके

नेकपा एमालको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ एकअर्काप्रति आक्रामक ढंगले प्रस्तुत हुन थालेका छन् । आक्षेप र कटुतापुर्ण अभिब्यक्ति दिदै आएका ओली र दाहालले पछिल्लो पटक एक अर्काप्रति कार्यकर्ता नै परिचालन गर्न थालेका छन् ।

०५ असोज ०७८ मा अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहणका लागि काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले सरकार विरुद्ध मैदानमा उत्रिन विद्यार्थी र युवा संघलाई निर्देशन दिएका थिए । सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको भन्दै उनले त्यसको प्रतिवाद गर्न निर्देशन दिएका थिए ।

‘सरकार निर्देशित, सरकार सञ्चालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईंहरुले भण्डाफोर गर्नु पर्छ । र मैले अस्ति बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढङ्गले बाँच्न चाहन्छ’ उनले भनेका थिए–‘एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यवहार होस् । र त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहार होस भन्ने जनता चाहन्छ । शान्तिपूर्ण ढङ्गले जीवनयापन गर्न चाहन्छ । तर जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ ? प्रतिवाद गर्नु परेन । जनता भोलि प्रतिवादमा निस्कन्छ । अथवा असहज, अप्ठ्यारो, प्रतिकूल परिस्थिति आयो भने सरकारले त्यस्तो बेलामा साथ पाउँदैन । सबै चुप लागेर मूकदर्शक भएर हेर्छन् ।’

ओलीको त्यही रिसमा अध्यक्ष दाहालले पनि ‘इँटको जवाफ पत्थरले दिनु’ भन्दै वाइसीएललाई निर्देशन दिएका छन् । उनले जाली झेली फटाहाविरुद्ध आक्रामक बन्न र जनताको पक्षमा काम गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिए।

वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वाइसीएललाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन निर्देशन दिएका हुन् । उनले माओवादीलाई तर्साउन खोजिरहेको भन्दै  कायर र दलालहरूलाई वाइसीएल जागेर ठिक पार्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘जाइलाग्ने होइन, आइलागे पछि इँटको जवाफ पत्थरले दिने ।’


एमाले अध्यक्ष ओली विरुद्ध आक्रमक रुपमा खनिएका दाहालले उनलाई हरूवा र भगौडा भएको बताए। ‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन। गिदीमा गोबर भरिएपछि के गर्ने!’ उनले भने–‘केपी व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको मान्छे हो।’

ओलीको उक्त षडयन्त्रमा विदेशीहरूले साथ दिएको उनले आरोप लगाए । ‘तर हामीले त्यसलाई हरायौं। नेकपा हुँदा केपीको प्रवृत्ति उजागर गरेर उनलाई पार्टी साधारण सदस्यबाट निकाल्यौं। पछि पनि उनलाई बालुवाटारबाट बालकोट पु¥यायौं। हामी विजेता हौं। केपी हरूवा हो, भगौडा हो।’

दुवैको यो निर्देशनपछि समाजमा आपसमा भिडन्तको अवस्था उत्पन्न हुन सक्ने भन्दै सर्वसाधारण चिन्तामा परेका छन् । कार्यकर्ता भिडाएर सन्तुष्टी लिन खोज्ने नेताका कारण भोली कुटाकुट र तोडफोडको अवस्था उत्पन्न हुन सक्ने उनीहरु वताउँछन् । 

यो पनि

सरकार विरुद्ध मैदानमा उत्रिन साईवर सेना र अरिंगाललाई ओलीले दिए निर्देशन

केपी शर्मा ओली पुस्पकमल दाहाल ‘प्रचण्ड’ एकअर्काप्रति आक्रामक

विशेष