News

नेपाल प्रति ओलीको कटाक्षः काँग्रेसको पछिपछि हिँड्नु छ, अनि दक्षिणपन्थको विरोध गर्ने रे !

नेपाल प्रति ओलीको कटाक्षः काँग्रेसको पछिपछि हिँड्नु छ, अनि दक्षिणपन्थको विरोध गर्ने रे !

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालले पार्टीमा राख्ने पदाधिकारी पनि नपाएको भन्दै ब्यंग्य गरेका छन् ।

उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले नेपालले पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताए। पार्टीको निर्णय हेर्दा अझै पनि पदाधिकारी रिक्त रहेको पाएको उनले टिप्पणी गरे ।


‘माके पार्टी (माओवादी केन्द्र) र  ‘माने’ (माधवकुमार नेपाल) पार्टी फाटोको खेती गर्छ, ती एकताको राजनीति गर्ने पार्टी होइन, एमालेले त्यस्तो राजनीति गर्दैन । एमालेले एकताको राजनीति गर्छ ।’ उनले भने–‘माने पार्टीको हेर्दै थिएँ, पदाधिकारी अलि भरिएको छैन । कोही भेटिन्छ कि भनेर खोज्दै हुनुहुन्छ तर पूरा भएको छैन ।’

माधवकुमार नेपालले दक्षिणपन्थको विरोध गर्ने भनेकोप्रति पनि उनले कटाक्ष गरेका छन् । ‘काँग्रेसको पछिपछि हिँड्नु छ, अनि दक्षिणपन्थको विरोध गर्ने रे !’ उनले भने–‘यिनीहरूको त मानवीय मन पनि छैन । अलिकति मानवीयता हुँदैन । छातीभित्र मुटु होइन, ढुंगा राखेको छ, ढुंगा । त्यो पनि छिप्पिएको दर्शन ढुंगा ।’

विशेष